Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • नवलपरासी लागूऔषधसहित ३ जना पक्राउ, दुर्घटनामा १ जना घाइते

नवलपरासी लागूऔषधसहित ३ जना पक्राउ, दुर्घटनामा १ जना घाइते

नवलपरासी लागूऔषधसहित ३ जना पक्राउ, दुर्घटनामा १ जना घाइते

नवलपरासी, ५ असार । मिति २०७६/०३/०५ गते कावासोती नगरपालिका-९चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको । (RSCC) चेकिङ टोलीले चेकजाच गर्ने क्रममा ३ जनालाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङ्टार बस्ने वर्ष २२ को पुर्णमान श्रेष्ठ, नवलपरासीको गैडाकोट नगरपालिका-६ का अन्दाजि वर्ष १८का बिनोद बि।क। र पाचथरको तुम्बेवा गाउँपालिका-१ का वर्ष १८ का कबिर योन्जन रहेका छन् । पक्राउ परेका बिनोद र पुर्णमानबाट गरी जम्मा ५१ थान लागूऔषध साथै योन्जनबाट ४३३ थान लागूऔषध ट्याबलेट फेला पारी प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैजना उपर थप अनुसन्धान भईरेहको छ ।

मिति २०७६/०३/०५ गते गैडाकोट नगरपालीका वडा -१, पुर्व–पश्चिम राजमार्ग अन्तर्गत भित्रि सडक खण्डको सिलान्यास चोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना१ह ८५११ नं. को अटो रिक्साले पैदल यात्री पर्वतको कुस्मा नगरपालिका-२ घर भै हाल गैडाकोट नगरपालिका-१ मिलनचोकमा डेरा गरी बस्ने वर्ष-३०कि चन्द्रा कला पुरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि भरतपुर पठाईएको, घनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका