Samacharpati
आइतवार, जेष्ठ १८, २०७७
  • होमपेज
  • महिला सशक्तिकरण तथा समान अधिकार सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

महिला सशक्तिकरण तथा समान अधिकार सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

महिला सशक्तिकरण तथा समान अधिकार सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

पोखरा,  ३ असार  । यु.एन.आई ग्लोबल युनियन नेपाल समन्वय परिषद्को आयोजना तथा यु.एन.आई नेपाल वुमन कमिटिको समन्वयमा महिला सशक्तिकरण तथा समान अधिकार सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । समानता कायम हुन नसक्नुमा लैगिंक हिंसा मुख्य कारण रहेको, आफन्तहरु र घरैबाट पनि महिलाहरु असुरक्षित रहेकाले उनीहरुलाई सक्षम, सफल, आत्मविश्वासी र सशक्त हुनका निम्ति श्रमिक महिलाहरुका लागि बनेका एन कानुन र अधिकारबारे जानकारी गराई सशक्त बन्न अभिप्ररित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

घरायसी काम गर्ने महिलाहरुदेखि लिएर विभिन्न संघसंस्थामा काम गर्ने श्रमिक महिलाहरुलाई एकताबद्ध गराई, नेतृत्वदायी भुमिका निर्वाह गर्नका निम्ति क्षमता वृद्धि गर्ने, आफ्ना हक अधिकारका बारेमा जानकारी गराउनले हेतुले कार्यक्रमको आयोजना गरिएको यु.एन.आई ग्लोबल युनियन नेपाल समन्वय परिषद्का अध्यक्ष शंकर लामिछानेले बताउनुभयो । यस्ता किसिमका कार्यक्रम पहिले केन्द्रमा आयोजना गर्दा केन्द्रका मानिसहरु मात्रै सहभागि हुने गरेकोमा अब भने कार्यक्रमको दायरालाई फराकिलो बनाई सातै प्रदेशमा कार्यक्रम लैजाने आफुहरुको सोच रहेको लामिछानेले बताउनुभयो । सातै प्रदेशमा कार्यक्रम गर्दा सबै कामकाजी महिलाहरु पनि कार्यक्रममा उपस्थित भई आफ्ना कामका अनुभव, घर, समाज र कार्यस्थलमा हुने गेरका विभेद, हिंसा र तनावबारे आफ्ना कुरा राख्न पाउने र त्यस्ता प्रकारका तनाव र हिंसाबाट छुटकारा पाउन के गर्न सकिन्छ भन्नेबारे केहि सिक्ने अवसर मिल्ले भएकाले धेरै श्रमिक भएको गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

युनियनमा महिलाहरुको सहभागिता एकदमै न्युन भएको र उनीहरु सबैलाई एकजुट नगराएसम्म युनिन सफल नहुने यु.एन.आई नेपाल लाई जन परिषद्का अफिसर एवं कार्यक्रम संयोजक आलोक लामाले बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरुको भुमिका अहम हुने हुँदा टेड युनियनमा समेत महिलाहरुको सहभागिता बढाई श्रमिकका हकहितका विषयमा जानकारी गराउनुपर्ने र उनीहरुसंगै हातेमालो गरि युनियनलाई महिलामैत्री बनाउनुपर्नेमा उहाँको जोड थियो । महिलाहरुका मुद्दाहरुका बारेमा जुनसुकै क्षेत्रमा आवाज कम उठ्ने गरेको भन्दै उहाँले एन कानुनमै समावेश आफ्ना हक अधिकारबारे हरेक श्रमिक महिलाहरु जानकार हुने हो भने कहिकतै विभेदमा पर्नुनपर्ने साथै कसैको अधिनमा बस्न नपर्ने मल्लले बताउनुभयो ।

महिला सशक्तिकरण र समान अवसर सम्बन्धि ३ दिने कार्याशालालाई सहजिकरण गर्दै यु.एन.आई नेपाल महिला कमिटिका महिला सदस्य तथा नेपाल व्युटिसियन संघका कोषाध्यक्ष वविता पौडलले अधिकार र सम्मान      अवसर प्राप्तिका लागि महिलाहरु एकजुट भएर हिंड्नुपर्ने बताउनुभयो । समान अवसर पाउनका लागि महिलाहरुले पहिला एकअर्काको कुरा काट्ने, खुट्टा तान्ने प्रवृति त्याग्नुपर्ने भन्दै उहाँले सम्मान्ता भन्दा पनि समाताको कुरामा जोड दिनुभयो । कामकाजी महिलाहरु मानसिक र शारिरिक दुवै हिसावले प्ररिश्रमी हुँदा हुँदै पनि घर परिवारदेखि लिएर कार्यस्थलमा समेत कुनै न कुनै तरिकाबाट विभेदमा पर्ने गरेको उहाँको भनाई थियो । यस कारण महिलाले आफ्नो पुरुष सहर आफ्नो पहिचान आफै स्थापित गर्न आफ्ना हकअधिकारका बारे जानकारी लिई आवाज बुलंद पार्न सहभागीहरुलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रमका अर्का सहजकर्ता सुर्वण कुमार कर्माचार्यले महिला अधिकारका लागि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा भएका कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभउको थियो । जब सम्म महिला आफै आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म महिला सशक्त हुन नसक्ने भएकाले केहि सिप सिकेर इलम गर्न उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै महिला हेरक क्षेत्रमा सफल हुनका लागि हिंसा, विभेदबाट बच्न सधैँ आत्मविश्वास र आत्मबल उच्च बनाउनुपर्ने र आफ्ना लागि आफैले आवाज उठाउनुपर्ने सहजकर्ता प्रतिमा भट्टले बताउनुभयो । सहभागिको तर्फबाट आफ्ना भनाई राख्दै नेपाल निजामति कर्मचारी संघ कास्की, सडक डिभिजन कार्यलय पोखराका प्राविधिक नायव सुब्बा गंगा कुमारी थापाले कार्यक्रम अत्यन्तै फलदायी भएको भएको र यस्ता खाले कार्यक्रम शहरी क्षेत्रसंगसंगै ग्रामिण क्षेत्रमा समेत गरिएमा त्यहाँका महिला दिदिबहिनीहरुलाई पनि काम गर्न थप उर्जा मिल्ने बताउनुभयो ।

जेठ ३१ गतेदेखि असार १ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रममा यु.एन.आईमा आबद्ध नेपाल वित्तिय कर्मचारी संघ, नेपाल टेलिकम वर्कस यनियन, रेडियो नेपाल कर्मचारी युनियन, नेपाल कर्मचारी युनियन संघ, अखिल नेपाल सेक्युरिटी मजदुर युनियन, नेपाल ब्युटिसियन संघ, नेपाल सौन्दर्यकर्मी युनियन नेपाल लगायत विभिन्न क्षेत्र, संघसंस्थामा कार्यरत करिव ३० जना महिलाहरुको उपस्थिति रहेको थियो । यु.एन.आई सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वतन्त्र अन्तराष्ट्रि महासंघ हो जसमा सेवा क्षेत्रमा काम गर्ने १५० राष्ट्रका विभिन्न राजनैतिक आस्था भएका करिब २ करोड श्रमिकहरु आबद्ध छन् भने यु.एन.आइ नेपाल, नेपालमा रहेका यु.एन.आइमा आबद्ध सेवा क्षेत्रका श्रमिक युनियनहरुको समन्वय परिषद हो । यसमा हालसम्म १८ युनियनका १ लाख भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् । संगठन विस्तार गर्नु, मर्यादित कार्य गर्नु गराउनु, श्रमिक तथा मानव अधिकारबारे कार्य गर्ने, लैगिंक समानता तथा समान अवसरबारे कार्य गर्नु, युनियनको सकरात्मक छवि निर्माणका लागि कार्य गर्नु यु.एन.आई नेपालका प्रमुख प्राथमिकता रहेको यु.एन.आई नेपाल लाईजन परिषद्का अफिसर आलोक मल्लले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका