Samacharpati
शनिबार, मंसिर २८, २०७६
  • होमपेज
  • पूर्वमन्त्री एकनाथ ढकालद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

पूर्वमन्त्री एकनाथ ढकालद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

पूर्वमन्त्री एकनाथ ढकालद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौं, २ असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनु भएको छ । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाइ भेटि ढकालले नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरणअभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गर्नुभएको उहाँको निजि सचिब जितेन्द्र श्रेष्ठले बताउनुभयो  ।

परिवार दलले उक्त बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड“लाइ पनि ध्यानाकर्षण गरिने जनाएको छ । गत निर्बाचनको बेलामा परिवार दलले तिनबुदे सहमति गरि वामगठबन्धनलाइ सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

दिपेन्द्र पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका