Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • मंगलद्विप र ट्रिकोनलाई उपाधी, नेक्सस र बेष्ट ग्रुप अन्तिम आठमा

मंगलद्विप र ट्रिकोनलाई उपाधी, नेक्सस र बेष्ट ग्रुप अन्तिम आठमा

मंगलद्विप र ट्रिकोनलाई उपाधी, नेक्सस र बेष्ट ग्रुप अन्तिम आठमा

काठमाडौँ, २१ जेठ । 

तेक्वान्दोमा पुनः कोईराला

शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौमा भएको तेश्रो साधारण सभाले संघको बरिष्ठ उपाध्यक्षमा एकनाथ थापा र उपाध्यक्षमा जनक बर्तौलालाई चयन गरेको छ ।

संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । सचिवमा राकेश कुमार राई र शनिश लागेजु तथा कोषाध्यक्षमा पदम राना चुनिए । यसैगरि संघको सदस्यहरुमा बिकास श्रेष्ठ, मनोज कुमार सिंह, धिरेन्द्र सिंह कठायत, द्वारिका रोमी, गौतम मान महर्जन, मोहम्मद सागिर शेख, बुद्धि बहादुर थापा मगर, प्रेम बहादुर भुजेल, सुनिता मैनाली र राजेश लामा रहेका छन् ।

साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

दुवै उपाधी निम्सको पोल्टामा

निम्सको छात्र तथा छात्रा दुवै टिमले तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधी पोल्टामा हाल्न सफल भएका छन् । सोमबार भएको फाईनलमा छात्र तर्फ निम्सले मोष्ट भ्यालुएबल खेलाडी राजन डङ्गोलको १४ अंकको सहयोगमा टिआईएलाई ५५ – ५१ को झिनो अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । यस्तै छात्रा तर्फ पनि निम्सले मोष्ट भ्यालुएबल खेलाडी डोल्मा तामाङ्गको १५ अंक मद्धतमा भ्याली पब्लिकलाई ३५ – २४ अंकले पराजित गर्दै उपाधी हात पारेको हो । बिजयी टिम तथा खेलाडीहरुलाई आयोजक काठमाण्डौ ज्ञानकुञ्ज, टोखाका अध्यक्ष रोहित माथेले मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

नेक्सस र बेष्ट ग्रुप अन्तिम आठमा

नेक्सस र बेष्ट ग्रुप स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाईनल प्रवेश गरेका छन् । सोमबार सम्पन्न खेलमा नेक्ससले श्रमसिल स्कुललाई ५ – ० को अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । नेक्ससका बिवेक राई म्यान अफ दि म्याच घोषित भए । यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रमममा बेष्ट ग्रुपले गोठाटार स्कुललाई १ – ० गोलले पाखा लगायो । गोठाटारका गणेश तामाङ्ग म्यान अफ दि म्याच भए ।

कौस्तुभ स्कुलको आयोजनामा भएको अन्य खेलमा हिमचुली र मोनाष्टिकले पनि जित निकाल्दै क्वाटरफाईनल यात्रा तय गरे । हिमचुलीले विनायक स्कुल चावहिललाई १ – ० ले तथा मोनाष्टिक पब्लिकले गान्दि मा. बि.लाई टाईब्रेकरमा ५ – ४ गोलले पराजित गरेका थिए । हिमचुलीका सोनित दर्जी र मोनाष्टिकका राजु बानिया म्यान अफ दि म्याच घोषित भएका छन् ।

मंगलद्विप र ट्रिकोनलाई उपाधी

मंगलद्विप मा.बि. छात्रा तर्फ र ट्रिकोन पब्लिक स्कुल छात्र तर्फ आठौं ईशान कप अन्तरविद्यालय फुटबलको उपाधी हात पारेका छन् । मंगलद्विपले नेपालय पब्लिक स्कुललाई टाई ब्रेकरमा ५ / २ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । यस्तै ट्रिकोन पब्लिकले ग्रिनतारामाथि ३ / २ गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । बिजयी टिम तथा खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पुरस्कार वितरण गरेका थिए ।

पायनियर क्वाटरफाईनलमा

पायनियर पब्लिक स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ । पायनियरले प्राक्टिस ईन्टरनेशनल एकेडेमीलाई ४ / १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल यात्र तय गरेको हो । प्राक्टिस यस अघिनै क्वाटरफाईनल प्रवे गरिसकेको छ । पायनियरका लागि कैलाश कार्कीले २ र करण तामाङ्ग र राजीव श्रेष्ठले एक एक गोल गरे । यस्तै प्राक्टिसका लागि दिपेश तामाङ्गले गोल गरे ।

अन्य खेलमा एजिएमले भेनस माथि ३ / २ गोल अन्तरले पराजित गर्यो । एजिएमका रञ्जन यादवले २ र कृष्ण भुजेलले एक गोल गरे । भेनसका लागि दुवै गोल सफिर खानले गरे । अर्किड पिपल एकेडेमी र नोवल एकेडेमी विच भएको खेलमा अर्किडले बाजी मार्यो । अर्किडले ४ / ३ गोल अन्तरले जित निकालेको हो । अर्किडका संदीप कटुवालले २ तथा दिपेश बुढाथोकी र परिक्षण गौतमले एक एक गोल गरे । नोवलका प्रवलराज महत, संदीप पनेरु र कृतन गैरेले गोल गरे । अर्को खेलमा प्रस्फुटनले विपुल शिक्षा निकेतनबाट वाक ओभर प्राप्त गर्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका