Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट : प्रशासनीक भवन र प्रमुख पदाधिकारीको आवासको लागि झण्डै २ अरब

गण्डकी प्रदेशको बजेट : प्रशासनीक भवन र प्रमुख पदाधिकारीको आवासको लागि झण्डै २ अरब

गण्डकी प्रदेशको बजेट : प्रशासनीक भवन र प्रमुख पदाधिकारीको आवासको लागि झण्डै २ अरब

पोखरा, २ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सहरी विकासका लागि २ अरब बढी बजेट विनियोजन गरेको छ ।

आइतबार ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेको गण्डकी प्रदेश सरकारले झण्डै २ अर्ब बजेट प्रशासनिक भवन र प्रमुख पदाधिकारीहरुका लागि आवासका लागि छुट्याएको छ । सरकारले यो वर्षमा मुख्य प्रशासनिक केन्द्र, प्रदेश सभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारीहरूको आवास निर्माण कार्य यसै वर्षदेखि शुरू गर्ने गरी १ अरब ७० करोड विनियोजन गरेको छ ।

आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामीला तथा योजनामन्त्री किरण गुरुङले शहरी विकासका लागि २ अरब ८ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रदेश सरकारले नवलपुरको कावासोती र अन्य स्थानमा आवश्यक प्रादेशिक कार्यालय निर्माण गर्नको लागि बजेटको व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका