Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता : पूर्व महान्याधिवत्ता डा. संग्रौला

कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता : पूर्व महान्याधिवत्ता डा. संग्रौला

कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता : पूर्व महान्याधिवत्ता डा. संग्रौला

 भानु्भक्तमा (१०+ २) मा कानुन संकाय अध्यापन तयारी

पोखरा, २० जेठ  । दण्डहिनताको अन्त्यगर्दैकानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता पर्ने पूर्व महान्याधिवक्ताप्रा. डाक्टर युवराज संग्रौलाले बताएकाछन । भानु्भक्त आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको ‘कानुनी शिक्षा’ सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै डा. सग्रौलाले नागरिक जिम्मेवार बन्न हरेकले कानुनजान्नु अपरिहार्य रहेको बताएकाहुन ।
विद्यालयले यसै शैक्षिक सत्रबाटकानुनी संकायको सुरुवात गर्नु प्रसंसनिय रहेको भन्दै उनले भने, ‘ प्लस टु तहमा कानुन संकायको अध्यापनन हुँदा न्याय सेवाका राजपत्रअनङ्कित श्रेणीमा कानुनी पृष्ठभुमी नभएका जनशक्ति भर्ना गर्दा न्याय सम्पादनमा समेत प्रभाव परिरहेको अवस्थाको समाधानहुने महशुस भएको गरेको छु ।

यसैलाई सम्बोधन गर्न लोक सेवाआयोगले न्याय सेवाका कर्मचारीको पदपूर्तिका लागि कानुनमा दश जोड दुई तहउर्तिण गरेका जनशक्तिबाटै गर्ने योजना बनाएको छ, जसले कानुनका विद्यार्थीहरुलाई रोजगारीको सम्भावना समेत बढेको छ । उनले विद्यालयलाई आफ्नो तर्फबाट हुने सहयोगकालागि प्रतिवद्धता समेत व्यक्त गरे ।  कार्यक्रममा प्याब्सन कास्कीकाअध्यक्ष प्रेम प्रसाद सुबेदी, पोखरा मल्टिमोडल क्याम्पसका प्राचार्य कृष्ण के.सी., कानुन विषयका विद्यार्थी सुदीप राजघिमिरे, सुनीता गुरुङ लगायतले कानुनी शिक्षाको महत्वको बारेमा स्पष्टपारेका थिए ।

पोखराको सिमपानीमा रहेको विद्यालयले यसै वर्षदेखीकक्षा ११ र १२ मा कानुन संकायको अध्यापन गराउने गरि स्विकृति लिएको संस्थापक प्रध्यानाध्यापक दिनेश कुमार लामिछानले जानकारी दिए । गण्डकी प्रदेशमा नै निजी क्षेत्रबाट पहिलोपटक विद्यालयले कानुन संकायको अध्यापन सुरुवात गर्न लागेको प्रध्यानाध्याक लामिछानेले बताए । विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष मोहन दवाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कानुन संकायक संयोजक प्रदिप अधिकारीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका