Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • साउदीमा नेपाली राहदानीको पीडा

साउदीमा नेपाली राहदानीको पीडा

साउदीमा नेपाली राहदानीको पीडा

‘साउदी अरब जंगलमा भेडा चराउँछु’ सानोमै यो गीत सुनेको थिएँ । गीतकारले साउदी अरवको जंगलमा भेडा चराएर आफ्नो पीडा लेखेका हुन् या त नेपालमा बसेरै कल्पना गरेर लेखे थाहा छैन । मलाई पनि ब्यवहारले हान्यो । म पनि भेडा चराउने साउदी पुगें ।

३ वर्षअघि साउदीमा पाइला टेकें । तर, जंगल देखिन । भेडा त देखें । तर, बालुवामाथि घर बनाएर बाँधिएको हुन्थ्यो । त्यही वरवरका झारहरु टिपिरहेका हुन्थे । आँखा देख्नेसम्मै बालुवा मात्रै देख्थे । आफ्नो देशमा धुँलो-माटो हावामा उडेको देखेका आँखाले साउदीमा त बालुवा उडेको देखें ।

म मंसिरको जाडोमा साउदी उडेंको हुँ । न्यानो कपडाहरु झोलाभरी थिएँ । नेपालबाट लगेका न्यानो कपडाहरुले जाडो धान्न सकेन्न । लुगाहरु पनि दंग परेर मलाई सोध्न थाले, ‘यहाँ त साह्रो गर्मी हुन्छ भन्थे त ? तर कसरी यस्तो जाडो छ ?’ मैले पनि कपडाहरुलाई सम्झाउन सकिनँ । किन कि म पनि अनविज्ञ थिएँ, साउदीको मौसमसँग ।

म दम्माम भन्ने ठाउँमा थिएँ । दम्माम साउदीको पूर्वी क्षेत्रको समुद्रको किनारामा पर्छ । खोबरको राका भन्ने ठाउँमा रहेको आरामेक्स (Aramex) नामको कुरियर कम्पिनीको ठूलो प्राङ्गढको बाहिर १० मिनेट उभिँदा मलाई लाग्यो म नेपालकै हिमालय क्षेत्रको वरिपरी छु । हिमालका दृष्यहरु अवलोकन गर्ने अवसर मिलेर पनि होइन । कतै भित्ताहरुमा हिमालयका फोटाहरु देखेर पनि हैन् । त्यो समुद्रको किनाराबाट आउने चिसो हावाले मैले लगाएको न्यानो कपडालाई पनि लगातार चुनौती दिइरहेको थियो । हिमालको काखमा बसेर हिमालबाट आउने हावालाई शरीरभित्र पस्न नदिएका मेरा न्याना लुगाहरुलाई लगातारको चुनौतीले हिमालयको क्षेत्रवरपरको आभास दिलाइरहेको थियो । अकल्पनीय चिसोको करिब १० मिनेटपछि मैले ठूलो काम गर्ने हलमा प्रवेश पाएँ ।

करिब १० दिन जतिको खोबर बसाइपछि अलहास्सा भन्ने ठाउँमा पुगें । मलाई हाजिरआरो (Hajirarrow) कम्पनीले अनुमति दिएर साउदी गएको थिएँ । आरामेक्स कम्पनीको काम गर्नु पर्दा अचम्मित भएको थिएँ । तर, पछि थाहा भयो कि हाजिरआरो कम्पनीले आरामेक्स कम्पनीको आधिकारिक शाखा लिएको रहेछ । Read more in original link

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका