Samacharpati
साेमबार, माघ १३, २०७६
  • होमपेज
  • सुदूरपश्चिम र प्रदेश–५ बीचको खेल वर्षाले रद्द

सुदूरपश्चिम र प्रदेश–५ बीचको खेल वर्षाले रद्द

सुदूरपश्चिम र प्रदेश–५ बीचको खेल वर्षाले रद्द

काठमाडौं, जेठ १६ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत् सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर–५ बीचको खेल वर्षाले रद्द भएको छ ।

बिहीबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १८९ रनको चुनौती पछ्याएको प्रदेश–५ ले वर्षाले खेल रोकिनुपूर्व १९ ओभरमा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो ।

त्यसअघि, सुदूरपश्चिमले खडक बोहराको ६२ रनको मद्दतले ४९.५ ओभरमा ‘अलआउट’ हुँदै १८८ रन बनाएको थियो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

यो खेलपछि समूह ‘ए’मा पहिलो अंकको खाता खोलेको सुदूरपश्चिम तेस्रो र प्रदेश–५ चौथो स्थानमा छन् । समान ४/४ अंकबाट प्रदेश नम्बर–३ र सशस्त्र प्रहरीको एपीएफ क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार सशस्त्रले गन्डकी प्रदेशसित तथा प्रदेश नम्बर–१ ले कर्णाली प्रदेशसित खेल्ने तालिका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका