Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • सरकारले ल्याएको बजेटले हर्ष न ! बिस्मात ! : पृथ्वीसुब्बा गुरुङ

सरकारले ल्याएको बजेटले हर्ष न ! बिस्मात ! : पृथ्वीसुब्बा गुरुङ

सरकारले ल्याएको बजेटले हर्ष न ! बिस्मात ! : पृथ्वीसुब्बा गुरुङ

पोखरा, १६ जेठ । नेपाल सरकारले ल्याएको बजेटमा मलाई हर्ष नि छैन, बिस्मात नि छैन । नयाँ कुरा केही पनि आएन, पुरानै कुराको निरन्तरता आयो । प्रदेश सरकारहरुलाई १५ प्रतिशत बजेट पनि नछुटयाउने भनेको त प्रदेशको माध्यमबाट विकास निर्माणको काम गर्ने भन्ने कुरामा सरकारको ध्यान नभएको देखिनु हो । संघीय सरकारले राष्ट्रिय नीति बनाउने हो ।

अभिभावकत्व प्रदान गर्ने हो बाँकि विकासको काम गर्ने, उत्पादनको काम गर्ने प्रदेशले हो । राज्यको तर्फबाट दिनुपर्ने सेवाहरु दिने स्थानीय सरकारले हो । उत्पादनको केन्द्र प्रदेश बनाउनुपर्ने हो । सिद्धान्तमा त्यस्तो भने पनि व्यवहारमा देखीएन हामीलाई निचोरेकै छ ।

निर्माणको जति नजिकमा सरकार हुन्छ, उसले अनुगमन गर्न सक्छ निरीक्षण गर्न सक्छ निर्माणको काम प्रभावकारी ढंगले गर्न सक्छ । भनेर नेपाल सरकारले हस्तान्तरण गरेर दिएका १० वटा पुलहरु ६ महिनामै बनाएर हामीले देखाइसक्यौ भागीभागी हिडेका ठेकेदारलाई समातेर हामीले काम गरार्यौ नि त्यो काम नेपाल सरकारबाट हुन्, सक्या थिएन । स्थानीय तहले गर्ने र प्रदेशले गर्ने काम पनि नेपाल सरकार आफैँले राखेको छ । यो विरोधाभाषपूर्ण छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका