Samacharpati
शनिबार, मंसिर २१, २०७६
  • होमपेज
  • चलचित्र ‘पोइ पर्यो काले’ को छायांकन पोखराबाट सुरु

चलचित्र ‘पोइ पर्यो काले’ को छायांकन पोखराबाट सुरु

चलचित्र ‘पोइ पर्यो काले’ को छायांकन पोखराबाट सुरु

पोखरा, १६ जेठ । चलचित्र ‘पोइ पर्यो काले’को छायांकन पोखराबाट सुरु गरिएको छ । पोखराको विन्दवासिनी मन्दिरमा चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । कमेडी कथामा बन्न लागेको यो चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार, करिब १ महिना चलचित्रको छायांकन पोखरामा हुनेछ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकाएर पूजा र आकाशले यो चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रलाई शिशिर राणाले निर्देशन गर्दैछन् ।

शिव ढकालको छायांकन रहने चलचित्रको शिर्ष भूमिकामा सौगात मल्ल छन् । चलचित्रले कालो पोई पर्दै पर्दैन भनेर घमण्ड गर्ने यूवतीको जीवनमा नै कालो पोई परेपछि हुने घटनाक्रमलाई उठान गर्ने निर्देशक राणाले बताएका छन् । कुनै पनि कुराको घमण्ड गर्ने नहुने आफुले जे नसोचेको नचाहेको छौ त्यही हुन्छ जीवनमा भन्ने सन्देश पनि चलचित्रबाट मिल्ने छ । चलचित्रलाई दिपक मनाङ्गे र देवी राइले निर्माण गर्दैछन् ।

एक प्रतिक्रिया on “चलचित्र ‘पोइ पर्यो काले’ को छायांकन पोखराबाट सुरु

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका