तारा पौड्याल श्रेष्ठको समधुर आवाजमा रहेको तिज गीत ”तीज आउन बाकी छ” सार्वजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

तारा पौड्याल श्रेष्ठको समधुर आवाजमा रहेको तिज गीत ”तीज आउन बाकी छ” सार्वजनिक

पोखरा, २४ असार । डिजिटल स्टार प्रा.लि को प्रस्तुतिमा तारा पौड्याल श्रेष्ठको तीज गीत ”तीज आउन बाकी छ” सार्वजनिक भएको छ महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ ।

तारानाथ आचार्यको निदेशन तथा तारा पौड्याल श्रेष्ठको समधुर आवाजमा रहेको तिज गीत ”तीज आउन बाकी छ” मा महिला दिदि बहिनिहरु निकै राम्रो ग्रुप डान्स देख्न सकिन्छ ।

यस गीतको तारानाथ आचार्यको शब्द/लय रहेको यस तिज गीतमा आशिका श्रेष्ठ/सन्तोष पोख्ररेल/अन्जु शर्मा को उत्कृष्ठ अभिनय रहेको छ । छायाँकनमा प्रोमोद गुरुङ ,कोरियोग्राफीमा सविना क्षेत्री, मेकअपमा प्रशान्त पुर्जा/सोनु गुरुङ,सम्पादनमा सुबास अमगाई रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित