गायिका उमा खड्काको आवाजमा मौलिक तिज गीत ”दिदि भाई” सार्वजनिक – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

गायिका उमा खड्काको आवाजमा मौलिक तिज गीत ”दिदि भाई” सार्वजनिक

काठमाडौँ, २४ असार । महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ” गीतको भिडियो बजारमा आएको छ ।

दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह गायकले गरेका छन । आफनो मन नदुखाउन आग्रह दिदिले पनी गरेकी छन । अर्जुन पन्तको शब्द तथा उमा खड्काको लय सिर्जना गीतमा रहेको छ ।

याम थापा मगरको एरेन्ज गीतमा रहेको छ । दिनेश मुस्कानको छायाँकन , गोपाल कुमार विसीको सम्पादन तथा दिनेश मुस्कानको निर्देशन भिडियोमा रहेको छ । ”दिदि भाई ” गीतको भिडियोमा अर्जुन पन्त र दुर्गा पाठकको लोभलाग्दो अभिनय रहेको छ । ”दिदि भाई ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित