तनहुँमा सवारी दुर्घटना २ जना घाईते – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • तनहुँमा सवारी दुर्घटना २ जना घाईते

तनहुँमा सवारी दुर्घटना २ जना घाईते

तनहुँमा सवारी दुर्घटना २ जना घाईते

तनहु, २२ असार । मिति २०७६/०३/२२ गते म्याग्दे गाउँपालिका-३ पसले स्थित पृथ्वी राजमार्गमा दमौली बाट पोखरा तर्फ जाँदै गरेको ना ६ ख ६९७५ नं। को ईटा बोकेको ट्रक आफै अनियन्त्रित भई सडक बाट अंन्दाजी २र३ मिटर तल खस्न गई दुर्घट्ना हुँदा दुईजना घाईते भई उपचारको लागि अस्पताल पठाईएको, घाईते हुनेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०४ बस्ने वर्ष ३४को दिपेन्द्र गिरी र चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने वर्ष ४१ को ईश्वरी दवाडी रहेका, उक्त स्थानमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

स्याङजा स् वर्षातका कारण क्षती
मिति २०७६/०३/२१ गते भिरकोट नगरपालिका-९ साउन्दी बस्ने वर्ष ६९ को चन्द्र बहादुर खाम्चाको ढुंगामाटोले बनेको खरले छाएको दुईतले कच्चि धन्सार हुरी बतास र पानीको कारणले गर्दा अचानक भत्कन जाँदा धन्सार भित्र रहेको गाई-१ र गोरु-१ पर्खालले च्यापी मृत्यु भएको, धन्सार पूर्ण रूपले नष्ट भएको भन्ने खबर आज मिति २०७६/०३/२२ गते जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई बुझ्दा अंन्दाजी ४ लाख बराबरको क्षति भएको पाईएको छ । घटनाका विषय थप अनुसन्धान भईरहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका