चलिए पोखरा कार्यक्रम सम्पन्न – Samacharpati
Home | About Us | Contact | Unicode |Topics |

चलिए पोखरा कार्यक्रम सम्पन्न

पटना, २२ असार पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा संचालित चलिए पोखरा अभियानको आठौं संस्करण यही असार २० गते सम्पन्न भएको छ । असार १६ गतेदेखि उत्तर भारतका विभिन्न चार शहरमा नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा चलिए पोखरा अभियान संचालन भएको हो । अभियानका अवसरमा पटनामा आयोजित कार्यक्रममा नेपाली भंसारमा भारतीय पर्यटकले पूरा गर्नुपर्ने प्रक्रियालाई अनलाइन गर्न सके समयको बचत भई पर्यटकलाई झण्झटन हुने भनाई भारतीय पक्षबाट राखिएको थियो । नाकामा तीन चार घण्टा सम्म कुर्नुपर्दा पर्यटकलाई दिक्कलाग्ने गरेको र उनीहरुलाई मैत्रीपूर्ण व्यवहार समेत नहुने गरेको सवाल सो अवसरमा उठाइएको थियो ।

यसैगरी भारतबाट नेपालआउँदै गर्दा बाटोमा भारतीय स्वादका रेष्टुराँन भएको र आबश्यक पर्दा प्रयोग गर्न सार्वजनिक सौचालयको समेत अभाव भएको गुनासो सो अवसरमा सुनाइएको थियो । भारतीय पर्यटकलाई नेपाली गाइडहरुले कतिपय अवस्थामा उचित गाइडिङ नगर्ने गरेको गुनासो समेत सो अवसरमा सुनाइएको थियो । संघका अध्यक्ष विकल तुलाचनले राम र सीता सम्बन्धको प्रसंग तथा बुद्धले ज्ञान प्राप्त गरेको बोधगयाको विषयमा नेपाल र भारत समान रुपले जोडिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक बर्ष अघि मुक्तिनाथको दर्शन गरेपछि पोखरामा भारतीय पर्यटक बढ्न पुगेको जानकारी गराए । भारतीय र नेपाली व्यवसायी विच सम्बन्ध राम्रो हुँदै जाँदा दुबै पक्षका समस्या मिलेर समाधान गर्न सहज हुने र एक अर्काको व्यापारिक हितमा टेवापुग्ने भनाई पनि तुलाचनको थियो ।

भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो दिने तथा उनीहरुकालागि पोखरा उचित गन्तव्य हो भन्ने सन्देश प्रदान गर्ने मुख्य उद्धेश्य अभियानले बोेकेको संघको सल्लाहकार परिषद्का संयोजकएवं पूर्व अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले भारतीय पर्यटकका लागि नेपाल प्रवेशमा भिसा आबश्यक नपर्ने, भारतीय एक सय रुपैयाँ दरकानोटहरु सहज रुपमा स्वीकार हुने, एटीएम र बैंकहरु पनि प्रशस्त रहेको तथा हिन्दी भाषा धेरै नेपालीले बुझ्ने र बोल्ने जानकारी पनि गराए । उनले उत्तर भारतमा अहिले निकै गर्मीभएको भन्दै पोखरा घुम्नकालागि भारतीयलाई यो नै उचित समय हो भने । पोखराका होटलका कोठाबाटै हिमाल देख्न सकिने र पोखरा पर्यटकीय राजधानीको रुपमा समेत मान्ने गरिएको जानकारी सो अवसरमा उनले गराए ।

अभियानका क्रममा संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरा प्रकृति र संस्कृतिको हिसावले धनीभएको भन्दै साहासिक पर्यटनमा पनि सो शहर उत्तिकै प्रख्यात रहेको जानकारी गराए । दामोदर कुण्ड, मुक्तिनाथ मन्दिर, मनकामना मन्दिर, तालबराही मन्दिर र विन्ध्यबासिनी मन्दिर जस्ता धार्मिक स्थल पोखरा र वरपर रहेको जानकारी पनि पराजुलीले कार्यक्रममा गराएका थिए ।
पोखरा र लखनउ सिधा बस वाहवाई सेवाबाट जोड्नुपर्ने सुझाव लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट राखिएको थियो । यसैगरी नेपालले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणकालागि सो अवसरमा प्रेरिरत गरिएको थियो ।

लखनउमा आयोजित कार्यक्रममा भारतीय जनतापार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले अहिले नेपालजाने भारतीय पर्यटकको संख्यानिकै बढेको भन्दै आपसी सहकार्यबाट त्यस्तो संभव भएको भनाई राखेका छन । उत्तर प्रदेश पर्यटन विभागका निर्देशक श्रीमती प्रीति  श्रीवास्तव, अलइन्डिया ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष सुनिल तिवारी, भारतीय सांसद सञ्जय चौधरी, उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धकआरके बोस रइन्द्रजीत सिंह लगायतले सो अवसरमा सुझाव राखेका थिए । अभियानकै क्रममा संघका अध्यक्ष तुलाचनले पटनामा आफूहरु चलिए पोखरा अभियान लिएर तेश्रो पटकआएको भन्दै आपसी राम्रो सम्बन्धले समस्या समाधान गर्न सहजहुने भनाई राखेका छन । उनले यो पटकव्यापारिक आदानप्रदान र अनुभव आदानप्रदान गर्दैसिकाईका लागि पनि भ्रमण गरेको सुनाए । रक्सौलमा आयोजित कार्यक्रममा रक्सौल टुर्स एण्ड ट्राभल एजेन्ट एशोसिएशनका अधयक्ष कमलेश गुप्ताले पनिभनाई राखेका थिए ।

२०१२मा सुरु भएको चलिए पोखराअभियान अन्तर्गत यो पटकभारतको पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ, विहारको राजधानी पटना र सोही शहरको सिमावर्ती शहर रक्सौलमा कार्यक्रम सम्पन्न भएका थिए । सो अवसरमा व्यापारिक भेटघाट (बीटुबी) को आयोजना गरिएको र नेपाल र पोखरा सम्बन्धी डकुमेन्ट्री समेत भारतीय व्यवसायी र संचारकर्मीलाई देखाइएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । सो अवसरमा विभिन्न ६ वटाप्याकेजहरु भारतीय पर्यटककालागि सार्वजनिक गरिएको थियो । यो पटकअभियानमा होटलकर्मी, संचारकर्मी र बोर्डका अधिकारी गरी कूल ३२ जनाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित