जोडिनुहोस
  • होमपेज
  • बिजेन्द्रलाई पुनलाई भारोत्तोलन संघको अध्यक्षमा जिम्मेवारी

देश

बिजेन्द्रलाई पुनलाई भारोत्तोलन संघको अध्यक्षमा जिम्मेवारी

काठमाडौँ, २२ असार । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा पुनः बिजेन्द्र बिक्रम शाहलाई अध्यक्षमा जिम्मेवारी प्रदान गरिएको छ । नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त र सचिव तीलक राउतको उपस्थितीमा भएको संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा रुकेश तण्डुकार र विपेन्द्र महर्जन रहेका छन् । यस्तै सचिवमा अशोक शाही तथा कोषाध्यक्षमा रामेश्वर श्रेष्ठ रहेका छन् । सदस्यस्मा अजय शाही, राकेश महर्जन, रुपक तण्डुकार, श्यामकृष्ण शाही रहेका छन् । यस्तै संघको पहिलो बैठकले देवकुमार महर्जन, भोगेन्द्र मानन्धर, परमेश्वर जोशी र अनिता श्रेठलाई संघको सदस्यमा मनोनित गरेको छ ।

सुनिललाल जोशी स्मृती भारोत्तोलन अर्को महिना हुने
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा संघको बार्षिक कार्यक्रम अनुरुप तेश्रो नेपाल स्टड गेष्ट २०१९, सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता श्रावण महिनामा आयोजना गर्ने भएको छ । संघको तेश्रो साधारण सभाबाट निर्वाचित संघको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । भारोत्तोलन खेल मार्फत राष्टको लागि सर्वाधिक पदक दिलाउन सफल ओलम्पियन तथा प्रशिक्षक सुनिललाल जोशीको स्मृतीमा संघले दुई संस्करण भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। महिला तथा पुरुष (सिनियर तथा जुनियर) राष्टिय स्तरको प्रतियोगिता श्रावण २४ र २५ गते गर्ने निर्णय गरेको हो । अन्तराष्टिय भारोत्तोलन महासंघ र एशियन भारोत्तोलन महासंघको नियमानुसार खेलाईने प्रतियोगितामा सिनियर तथा जुनियर तर्फ अन्तराष्टिय एरिनामा आयोजना हुने सवै तौल समूहमा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?