जोडिनुहोस
  • होमपेज
  • खुमन र सपना को स्वरमा ‘घरबार गर्ने सोँच’ बोलको तीज गीत सार्वजनिक

भिडियो

खुमन र सपना को स्वरमा ‘घरबार गर्ने सोँच’ बोलको तीज गीत सार्वजनिक

काठमाडौँ, २२ असार ।  यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ । यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच भिडियोको प्रिमियर गर्दै गीत सार्वजनिक गरिएको हो ।

चर्चित गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द÷लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ । नेपाली चलचित्रकी नायिका रेजिना उप्रेती, मोडल लोमश शर्मा र रेखा थापा लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो । भिडियो प्रिमियर कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सार्वजनिक गीत मौलिक रहेको बताएका छन ।

https://www.youtube.com/watch?v=VLWU4Jm-15c

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका