जोडिनुहोस
  • होमपेज
  • तनहुँ र स्याङजामा सवारी दुर्घटना २ जना घाइते

तनहुँ

तनहुँ र स्याङजामा सवारी दुर्घटना २ जना घाइते

स्याङजा, तनहुँ, १९ असार ।

मिति २०७६/०३/१९ गते आबुँखैरेनि गाउँपालिका-३ तल्लो बजार स्थित आबुँखैरेनि गोरखा सडक खण्डमा गोरखाबाट आबुँखैरेनि तर्फ आउँदै गरेको ग ८ प ८९२२ नंम्बरको मोटरसाइकलले पैदल यात्री गोरखाको शहिद लखन गाउँपालिका-३ बस्ने वर्ष ६० का मलाल गुरुङलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि स्थानिय छिम्केश्वरी अस्पताल आँबुखैरेनि पठाईएको, घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/१९ गते भिरकोट नगरपालिका-१ बयरघारी बजारमा पोखराबाट पाल्पा तर्फ जाँदै गरेको ग १ ख ५१९१ नं.को बसले पैदल यात्री भिरकोट नगरपालिका-६ हटिया बस्ने वर्ष २३ की विद्या के।सि।लाई ठक्कर दिंदा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनसुन्धान भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका