जोडिनुहोस
  • होमपेज
  • स्याङ्जाका विभिन्न भेगमा अवैध घरेलु मदिरा नष्ट

देश

स्याङ्जाका विभिन्न भेगमा अवैध घरेलु मदिरा नष्ट

वालिङ, १८ असार । प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान अन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गल्याङ–१ राम्दीबाट ७५५ लिटर, सेतीदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ नौडाँडाबाट ९५ लिटर र फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले फेदीखोलाबाट २५० लिटर गरी कूल एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधि एवं पत्रकारको रोहवरमा नष्ट गरिएको थियो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका