जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशका १० जिल्लामा बोक्सी बिरुद्घको अभियान

कास्की

गण्डकी प्रदेशका १० जिल्लामा बोक्सी बिरुद्घको अभियान

हेमजा, १८ असार । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा प्रदेशका विभिन्न १० जिल्लामा बोक्सी कुप्रथा विरुद्घको अभियान सम्पन्न भएको छ । अभियान अन्र्तगत सचेतनामुलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिनुका साथै चेतनामुलक गीतहरु पनि देखाइएको थियो ।त्यस्तै बोक्सी ऐन २०७२ वितरण पनि भएको थियो ।

यहि असार ७ गते मुस्ताङको घरपझोङ, ९ गते विहान म्याग्दीको बेनी, बेलुकी बाग्लुङको काठेखोला, ११ गते पर्वतको कुस्मा, १२ गते स्याङजाको गल्याङ, १३ गते तनहुँको भिमाद, १४ गते लमजुङको मध्यनेपालमा अभियान सम्पन्न भएको थियो । त्यस्तै असार १५ गते गोर्खा सदरमुकाम, १६ गते नवलपुरको कावासोती तथा असार १७ गते अर्थात मंगलवार कास्कीको माछापुच्छे गाउँपालिकामा अभियान गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए।

आगामि दिनमा अभियानलाई तराईका जिल्ला केन्द्रीत गर्ने योजना रहेको प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले बताएका छन् ।अभियान संचालनका लागि प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, सचिव रमा त्रिपाठी लगायतको टोली जिल्ला पुगेको थियो।

श्रीभद्र पौडेलबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका