रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना समारोह सम्पन्न – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना समारोह सम्पन्न

रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना समारोह सम्पन्न

रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना समारोह सम्पन्न

पोखरा, १८ असार । पोखराको रोटरी क्लव अफ पोखरा न्यूरोडको १० औँ स्थापना समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा सन् २०१९–२० का लागि दिनेश बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सन् २०१० डिसेम्बर २४ तारिखका दिनबाट शुरु भएको रोटरी क्लव अफ पोखरा न्यूरोडले आफ्नो ६ वटा प्रमुख क्षेत्रहरुमा केन्द्रित रहेर सामाजिक सेवा प्रदान गर्दै आएको कुरा संस्थापक अध्यक्ष रोटरियन रबि प्रसाद बराले व्यक्त गर्नुभयो ।

रोटरी क्लव अफ पोखरा न्यूरोडले स्थापनाकाल देखि नै बाबा फाउण्डेसन नेपालसँगको सहकार्यमा बालबालिका र वातावरणको क्षेत्रमा उल्लेखनिय कार्यहरु गर्दै आइरहेकाले उक्त संस्थालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रीक गभर्नर इलेक्ट राजिव पोख्रेलले यस संस्थाले सम्पन्न गरेका कार्यक्रमहरु प्रति खुसि व्यक्त गर्नुका साथै कार्यक्रमहरु रणनैतिक तवर विकास गर्दै लैजानका लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुष्पकमल पौडेलले आफ्नो कार्यकालमा गरेका सामाजिक कार्यहरु प्रस्तुत गर्नुका साथै संस्थाका सदस्यहरुलाई सम्मान गर्नुभयो । अध्यक्ष दिनेश वास्तोलाले आगामी दिनहरुमा संस्थाले पोखरा तथा वरिपरिका क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण, सामुदायिक विकास इत्यादि क्षेत्रहरुमा गर्ने योजनाहरु प्रस्तुत गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका