चार लाख घुस सहित इन्जिनियर पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

चार लाख घुस सहित इन्जिनियर पक्राउ

पोखरा, १८ असार । खानेपानी डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर वसीअख्तर मोहम्मद ४ लाख रुपैयाँ नगद घुस सहित पक्राउ परेका छन् ।

खानेपानी आयोजनाको भुक्तानी दिने क्रममा कमिसन वापत घुस मागेका उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले स्याङ्जाबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको अख्तियारले जनाएको छ ।

उनलाई मंगलबार साढे ३ बजे अख्तियार टोलीले उनकै कार्यालय छेउमा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्रेको हो ।

Tags: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित