गण्डकी प्रदेशमा मदन भण्डारी फाउण्डेसन गठन–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा मदन भण्डारी फाउण्डेसन गठन

गण्डकी प्रदेशमा मदन भण्डारी फाउण्डेसन गठन

गण्डकी प्रदेशमा मदन भण्डारी फाउण्डेसन गठन

पोखरा, १५ असार । २०७६ साल असार १४ गते ,६७ औ मदन भण्डारी जयन्तीको अवसरमा पोखरामा मदन भण्डारी फाउण्डेसनको भेला सम्पन्न भयो । उक्त भेला फाउण्डेसनका केन्द्रीय सदस्य सोमनाथ प्यासीको अध्यक्षतामा सम्पन्न भयो । भेला कमरेड मदन भण्डारी प्रति श्रद्धासुमन गरि शुरु गरिएको थियो । उहाँको फोटोमा पुष्प अर्पण गरि अगाडी बढेको भेलाको संचालन भिम कार्कीले गर्नुभएको थियो । उक्त भेलामा कमरेड मदन भण्डारीका योगदानको चर्चा गर्दै जनताको बहुदलीय जनवाद हाम्रो समाज, राष्ट्र र संगठनहरुलाई नेतृत्व र मार्गदर्शन गरिरहेको छ ।

यस विचारलाई सर्वाव्यापी बनाउन सबै लाग्नुपर्ने विषयमा जोड दिइयो । मदन भण्डारी र जवज माथि विभिन्न कोणबाट आक्रमण भैइरहेको छ, ति आक्रमणलाइ वैचारिक, राजनितिक, सैद्धान्तिक र व्यवहारिक ढंगले रक्षा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको विषयमा पनि मनन गर्दै गण्डकी प्रदेशमा मदन भण्डारी फाउण्डेसन गठन गरिएको छ ।

सोमनाथ अधिकारी प्यासी संयोजक रहेको समितीमा, सह–संयोजकमा प्रा.डा गणेशमान गुरुङ, सचिव भीम कार्की सदस्यहरु क्रमश मान बहादुर जि.सी, सिता सुन्दास, तिलक महत, मना के।सी, टुकराज सिग्देल, टुका हमाल, नवराज शर्मा, नारायण मरासिनी, बिकास लम्साल, सम्झना देवकोटा, पे्रमकुमार लामिछाने, चन्द्रमोहन गौचन, जनक पौडेल, मनबहादुर गुरुङ, कर्ण बहादुर गुरुङ रहेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका