रत्न शोभामा विद्यालय पोशाक एवम् शैक्षिक सामग्री वितरण–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • रत्न शोभामा विद्यालय पोशाक एवम् शैक्षिक सामग्री वितरण

रत्न शोभामा विद्यालय पोशाक एवम् शैक्षिक सामग्री वितरण

रत्न शोभामा विद्यालय पोशाक एवम् शैक्षिक सामग्री वितरण

पोखरा, १४ असार । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभामा विद्यालय पोशाक एवम् शैक्षिक सामग्री वितरण गरिएको छ । गुणस्तरीय जीवन नेपाल नामक संस्थाले एक कार्यक्रमका विच शैक्षिक सामग्री एवम् विद्यालय पोशाक वितरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विजय प्रसाद लामिछानेले विद्यालयमा शैक्षिक उन्नयन एवम् भौतिक विकासका लागि अभिभावक, व्यवस्थापन समिति , शिक्षकहरु लगाएत सरोकारवालाहरु सबैले मिलेर अघि बढेमा विद्यालयलाइ अगाढि बढाउन सकिने बताउँदै आगामी दिनमा पनि विद्यालयमा शैक्षिक गुणस्तर एवम् भौतिक विकासमा आफ्नो तर्फबाट सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्र गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष इमान वहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा सयहोगी संस्था गुणस्तरीय जीवन नेपालका अध्यक्ष्य रामचन्द्र शर्माले सामुदायिक विद्यालयका विद्यार्थीहरु तथा अभिभावमा शिक्षण सिकाइमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्येले सानो सहयोग गरेको व्यक्त गरेका थिए । यसै गरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला सदस्य सूर्य प्रकाश तिवारीले विद्यालयको चौतफी विकासका लागि सबै सरोकारवालाहरुले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा राख्दै शिक्षकहरु, व्यवस्थापन समिति, अभिभावक लगाएत सम्पूर्णले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताएका छन ।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले सहयोगी संस्था गुणस्तरीय जीवन नेपाल प्रति अभार प्रकट गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्नका लागि व्यवस्थापन समिति एवम् विद्यालय प्रशासन लागि परेको बताएका थिए भने शिक्षक ऋषिराम रानाभाटले कार्यक्रम सन्चालन गरेका थिए ।

ऋषिराम रानाभाट

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका