जोडिनुहोस
  • होमपेज
  • बजेटले करमा गरेको परिवर्तन र कर शिक्षाबारे प्रशिक्षण

आर्थिक समाचार

बजेटले करमा गरेको परिवर्तन र कर शिक्षाबारे प्रशिक्षण

पोखरा, १५ असार । पोखरा चेम्बर अफ कमर्स कास्की र आन्तरिक राजश्व कार्यलय पोखराको आयोजनामा शनिबार आर्थिक वर्ष २०७६÷०७७को बजेटले करमा भएका परिवर्तन तथा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले गण्डकी प्रदेशमा प्रदेशलाई चलाउन पुग्ने राजश्व संकलन हुन नसकेको बताएका छन । गण्डकी प्रदेशको राजश्वको योगदान १२ अर्ब २३ करोड रहेको जानकारी दिदै कार्यालय प्रमुख उप्रेतीले अझै पनि प्रदेशमा नेपाल सरकारको ३५ अर्ब बराबरको अनुदान आएको धारणा राखेका थिए ।

सरकारको तिन खम्बे अर्थ नीति अन्तर्गत निजी क्षेत्र पनि नीति निर्माता भएको चर्चा गर्दै उप्रेतीले करदाता स्वयमले कर निर्धारण गर्ने भएकोले पहिलो कर अधिकृत भएको बताएका छन । उनले कर प्रशासन करदातामैत्री भएको धारणा राखेका थिए । नेपालको करप्रणाली प्रगतिशिल रहेको चर्चा गर्दै उनले नेपालमा करको दर दक्षिण एशियमै कम भएको बताएका थिए । राज्य चलाउन जनताले अनिवार्य कर तिर्न पर्ने चर्चा गर्दै उनले जसले आम्दानी गर्छ उसैले कर तिर्न पर्ने धारणा राखेका थिए । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले कर प्रणाली प्राविधिक र जटिल विषय भएको बताएका छन ।

सरकार करको दर भन्दा दायरा बढाउन नलागेको उल्लेख गर्दै अधिकारीले कर तिर्नेलाई थप थप व्ययभार लगाउन नहुने धारणा राखेका थिए । उनले प्रदेशको सदरमुकाममा केन्द्रीत कर कार्यालयलाई विकेन्द्रीकरण गर्नु पर्ने बताएका थिए । पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव उमराज बास्तोला, सल्लाहाकार माइकल कर्माचार्य, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उज्वल न्यौपानेले बजेटले करमा गरेको परिवर्तनको बारेमा सहजीकरण गरेका थिए । समारोहमा क्वालिटी मल्टी टेनिङ सेन्टरका कृष्णराज पोखरेल र नारायण उपाध्यायले बिजनेस मोटीभेसनबारेमा सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?