ट्रकमा महिलालाई लिफ्ट दिएर ट्रकभित्रै भयो बलात्कार !–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • ट्रकमा महिलालाई लिफ्ट दिएर ट्रकभित्रै भयो बलात्कार !

ट्रकमा महिलालाई लिफ्ट दिएर ट्रकभित्रै भयो बलात्कार !

ट्रकमा महिलालाई लिफ्ट दिएर ट्रकभित्रै भयो बलात्कार !

पोखरा, १३ असार । चितवनबाट पोखरा आउँदै गरेको ट्रकभित्रै बलात्कार गरेको आरोपमा  दुई जना बलात्कारी पक्राउ परेका छन् । ना १ क ४३४९ नम्बरको ट्रकमा चालक तथा सहचालकले एक अधवैंशे महिलालाई लिफ्ट दिएका थिए । ति महिला माथि  बाटैमा जबर्जस्ती करणी गरेकाे आरोपमा  उनीहरू पक्राउ परेकाे हुन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारीका ट्रक चालक ३१ बर्षीय बिमल ढकाल र सोही ट्रकका सहचालक मोरङकै उही उमेरका गोपाल भण्डारी रहेका छन्। बलात्कार भएकी भनिएकि  महिलाले कास्की प्रहरीमा उजुरी गरेपछि          यो घट्ना बाहिर आएको हो । यो खबर पाउने बितिकै  कास्कीबाट प्रहरी टाेली नै तनहुँ पुगेर ति दुई बलात्कारीलाई  पक्राउ गरेकाे एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन ।

चितवनदेखि चढेकी महिलालाई तनहुँसम्म आउँदा बलात्कार गरिएकाे सूचना आएपछि असईकाे नेतृत्वमा प्रहरी टाेली खटिएर २ जना बलात्कारीलाई पक्राउ गरिएकाे एसपी दानबहादुर कार्कीले बताएका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले एसपी कार्कीले बताएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका