बागलुङ र तनहुँमा मृत अवस्थामा शब फेला – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • बागलुङ र तनहुँमा मृत अवस्थामा शब फेला

बागलुङ र तनहुँमा मृत अवस्थामा शब फेला

बागलुङ र तनहुँमा मृत अवस्थामा शब फेला

बाग्लुंग, १२ असार ।  मिति २०७६/०३/०९ गते बागलुङ नगरपालिका ११ रायडाडा बस्ने वर्ष २६ की मिना पाठक बाख्रा चराउन भनि जंगल गएकोमा बेलुका अबेर सम्म घर नआएपछि खोजतलास गर्दै जाने क्रममा घर देखि अन्दाजी ३०० मिटर टाढा जंगलमा मृत अवस्थामा रहेको भन्ने खबर मिति २०७६/०३/१० गते प्राप्त हुना साथ तत्कालै घटना स्थलमा प्रहरी टोलि खटिई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०३/११ गते घिरिङ गाउँपालिका-४ गड्यौलिटार स्थित कालिगण्डकी नदिको किनारमा जिल्ला पाल्पा निद्दि गाउँपालिका-१ बस्ने वर्ष २२ को हिमाल ठकुरी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ यस तत्कालै प्रहरी टोली खटिई अनुसन्धान गर्दा निज मिति २०७६/०३/०८ गते देखी हराएको भन्ने बुझिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्याङ्गजामा

मिति २०७६/०३/११ गते चापाकोट नगरपलिका- ४ ज्यग्दीखोला बस्ने वर्ष अन्दाजी ४० को चेत बहादुर थापाको आफ्नै खरले छाएको तिन तले कच्चि घरमा अचानक बिजुली सर्ट भई आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका