जोडिनुहोस
  • होमपेज
  • पोखरामा भेटिएको बस्तु बम नभएको पुष्टि, मंगलबार बिप्लव माओवादीको नेपाल बन्द

कास्की

पोखरामा भेटिएको बस्तु बम नभएको पुष्टि, मंगलबार बिप्लव माओवादीको नेपाल बन्द

पोखरा, ९ असार । राज्यद्धारा प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी को नेतृत्व गरिरहेका बिप्लबको बम आतंकका कारण जनजिवन त्रसित बनेको छ ।

बन्दको पुर्व सन्ध्यमा सोमबार दिउसो ४ बजेदेखि आतंकित बनेको पोखरा सिद्धार्थचोकको जनजिवन साँझ अबेर मात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु बम होइन भन्ने पुष्टि गरेपछि मात्र सामान्य बनेको हो ।

पोखरा सिद्धार्थचोक स्थित फेवा एग्रिकल्चर प्रालिको पार्किङ स्थलमा बच्चाहरुको खेलौनाजस्तो देखिने एक बस्तुलाई टाइम बमको हबला दिदै आतंक फैल्याउने प्रयास गरिएको थियो ।

उक्त शंकास्पद बस्तुसंगै भेटिएको एउटा कागजमा डेटोनेटर जडित अटोमेटिक बम बन्द सफल पारौँ नेकपा कास्की लेखिएको थियो ।

विप्लब नेतृत्वको नेकपाले निशस्त्र आफ्ना कार्यकर्तामाथि राज्यले नियन्त्रणमा लिने, धरपकड गर्ने र गैरन्यायीक हत्यासम्मका हर्कतहरु भईरहेको भन्दै मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका