जोडिनुहोस
  • होमपेज
  • पेस्तोल र गोली सहित विप्लव समुहका दुई जना नेता पक्राउ

देश

पेस्तोल र गोली सहित विप्लव समुहका दुई जना नेता पक्राउ

विराटनगर, ९ असार । अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समुहका दुई नेतालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो ।

धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका