जोडिनुहोस
  • होमपेज
  • सुन्दर बन्नको लागि प्रयोग गरिने सौन्दर्यका साधनले स्वास्थमा पार्न सक्छ गम्भीर असर

देश

सुन्दर बन्नको लागि प्रयोग गरिने सौन्दर्यका साधनले स्वास्थमा पार्न सक्छ गम्भीर असर

काठमाडौँ, ९ असार । सुन्दर अनुहारमा अझै निखारता ल्याउन महिलारु विभिन्न सौन्र्दयका साधनहरु प्रयोग गर्छन् । तर, कतिपय अवस्थामा यी सौन्दर्यका साधनले महिलाको स्वास्थमा गम्भीर र प्रतिकूल प्रभाव पारेको हुन्छ । सौन्र्दयमा प्रयोग हुने विषाधीले क्यान्सर सम्म हुन सक्ने विज्ञहरुले सचेत गराएका छन्।

आइलाइनर
हाम्रो आँखा संवेदनशिल हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय महिलाले आँखामा ‘आइलाइनर’ प्रयोग गर्छन । तर, आँखाको भित्री ढकनीमा सिसाकलमको प्रयोग गर्दा हाम्रो आँखाको दृष्टि गुम्ने सम्म खतरा हुने विज्ञहरु बताउँछन् । आइलाइनरमा प्रयोग हुने रंगमा तेल, सिलिकन, गम, मैन लगायतका बस्तुहरुको प्रयोग हुने भएकाले यसले  आँखालाई रातो बनाउने, व्याक्टेरियाले संक्रमण गर्ने र धमिलो दृश्य देखिने हुन्छ । आई एन्ड कन्ट्राक्ट लेन्स नामक जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार आईलाइनरमा प्रयोग हुने रसायनयुक्त चिज आँखाका लागि हानीकारक हुने पुष्टि भएको छ।

क्यानडा युनिर्भसिटी अफ वाटरलुका डा. अलिसनका अनुसार आइलानर कोर्न प्रयोग हुने पेन्सिलका कणहरु आँखामा प्रयोग गरेको पाँच मिनेटमा नै आँखाभित्र पुगी अशर गर्छन् र यसलाई सामान्य तरिकाले सफा गर्न समेत सकिदैन । चस्मा लगाउने महिलाको आइलाइनर सिसमा जम्छ । तसर्थ, सुत्नु अगाडि सम्पूर्ण मेकअप पखाल्नुपर्ने विज्ञहरु बताउँछन्।

लिपिस्टक
कतिपय महिला लिपिस्टक बिना आफूहरु पूर्ण नभएको महशुस गर्छन्। तर, अधिकांश अध्ययनले लिपिस्टिकमा लिडलगायत हानीकारक धातु रहको पुष्टि गरेका छन् । लिपिस्टिकमा क्याडमियम, अल्मुनियम लगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानी गर्ने मात्र होइन गर्भवती महिलाको भ्रूणमा समेत अशर गर्ने विज्ञहरु बताउछन्।

पिस्टकमा लिड लगायतका हानीकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपिस्टक त्यस्ता खनिजहरुबाट बनाइएको हुन्छ जसको स्रोत विषालु हुन्छ।

युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनमा धेरै पटक लिपिस्टक प्रयोग गर्ने महिलामा छालाको क्यान्सर लगायतको गम्भीर रोग हुने गर्छ । अल्मुनियम जस्तो विषाधियुक्त धातुबिना लिपिस्टक बनाउन नसकिने भन्दै यसले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ । कतिपय अवस्थामा लिपिस्टकमा भएका रसायन मुख भित्र पुगी शरिरमा क्यान्सर हुनेसम्म विज्ञहरु बताउँछन्।

अनुहारमा लगाउने क्रिम
अनुहारमा दल्ने विभिन्न क्रिमहरु पनि रसायनहरुको मिसावट हुने भएकाले सकभर यस्ता उत्पादन प्रयोग नगर्न विज्ञहरु सल्लाह दिन्छन् । फेस क्रिममा प्रयोग हुने मिथेनका कणले अनुहारमा एलर्जी बढाउनुका साथै राता दागहरु देखाउँछ । यस्ता क्रिमको प्रभाव महिनौंपछि पनि देखिन सकिने बताइन्छ । क्रिमका रसायनले आँखा र अनुहारको नरम छाला उक्किने, घाउ आउने र बिस्तारै दीर्घकालिन रुपमा छालाको रोग लाग्ने गरेका छन् ।

नङ पालिस
त्यस्तै, नङ पालिसमा राखिने रसायन छालामा एलर्जी हुनुका साथै क्यान्सरसम्म हुन सक्छ । नङ पालिसको प्रभाव आँखाको ढकनी, मुख वरपर र घाँटीमा सोझै देखिने लन्डनस्थित सौन्र्दयविज्ञ निकोलस लोई भन्छिन् । नङ पालिस लगाउदा मात्र होइन घोट्दा पनि हात लगायत छालाका संवेदनशिल स्थानामा लत्तपत्तिने भएकोले एलर्जी लगायतका समस्या ल्याउने गर्छ ।

source:swasthyakhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?