पोखरा, ९ असार । मिती २०७६/०३/०८ गते नासों गाउँपालिका-१ र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका-४ को सिमानामा पर्ने म्यार्दे खोलामा रहेको बेशिसहर/मनाङ सडकखण्डको पक्की फलामे पुल (बेली ब्रिज) बर्षाको कारण उक्त खोलामा बाढी आई खोलाले पुलको जग सहित बगाई सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको थियो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिएको थियो ।
मनाङ वर्षाको कारण सडकको बेली ब्रिज बगाएको
मिति २०७६/०३/०८ गते मादी गाउँपालिका- ७ घूमाउने डांडामा रहेको मादी खोला स्थित मादी गाउँपालिका- ७ घुमाउनेडाँडा र याङजाकोट जोड्ने निर्माणाधिन ८० मिटर लामो पक्की पुलको सटिङ सम्मको काम भई सकेकोमा अबिरल वर्षाका कारण बाढीले बगाएको भन्ने खबर स्थानिय मार्फत प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।