आयोजक लालीगुँरास र नवज्ञानभूमीको विजयी सुरुवात | Samacharpati        
Home | About Us | Contact | Unicode |

आयोजक लालीगुँरास र नवज्ञानभूमीको विजयी सुरुवात

काठमाडौं, २३ जेठ । आयोजक लालीगुँरास नेशनल एकेडेमी र नवज्ञानभूमी स्कुल पाँचौ लालीगुँरास अन्तरस्कुल राष्ट्रिय सिनियर गल्र्स तथा जुनियर ब्वाईज बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ । लालीगुँरासले हिमराशी स्कुललाई ३७ – २० अंकले हराएको हो । लालीगुँरासका लागि दिपेश क्षेत्रीले १५ अंक जोडे । विनित मगरको ६ अंक मद्धतले नवज्ञानभूमीले सेन्टजोसेफलाई १० – ६ अंकले पराजित गर्यो ।

आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा ओडेसीले आविष्कारको १२ अंक मद्धतमा एन्जलहर्टलाई २३ – १५ ले पन्छायो । यस्तै ग्रिनल्याण्डले कौशललाई १३ – ४ ले हरायो । ग्रिनल्याण्डको जितमा शिसिर केसीको ७ अंकको योगदान रह्यो । जित निकाल्ने क्रममा ईडेन ब्रिज एकेडेमीले श्री चन्द्रविन्दु ईन्टरनेशनललाई सुनिल मल्लको १० अंक योगदानमा १९ – १५ ले पन्छायो । बुधबार सम्पन्न भएको खेलमा भ्याली पब्लिक स्कुलले मिश्रीत नतिजा निकाल्यो । पहिलो खेलमा मिन मगरको ६ अंक मद्धतले गुहेश्वरी स्कुललाई १० – ८ अंकले पराजित गरेकोमा दोश्रो खेलमा सामाखुसी ईङ्गिलस बोर्डिङ्ग स्कुल (सेव) संग २० – १५ ले पराजित भयो । सेवका कृष्ण श्रेष्ठले १० अंक जोडे ।

नेक्सस सेमिफाईनलमा

नेक्सस इन्टरनेशनल स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाईनलमा प्रवेश गरेको छ । नेक्ससले आयोजनक कौस्तुभ एकेडेमीमाथि १ – ० को झिनो गोल अन्तरको जित निकालेको हो । नेक्ससका संजय खत्री म्यान अफ दि म्याच घोषित भए । यस अघि ग्लोबल र मोनाष्टिकले पनि सेमिफाईनल यात्र तय गरिसेका छन् ।

पिसप्वाईन्ट र शुभयोग सेमिमा

पिसप्वाईन्ट बोर्डिङ्ग स्कुल र शुभयोग स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाईनल प्रवेश गर्ने क्रममा दुवै टिमले गोल रहित बराबरी खेले पश्चात टाईब्रेकरमा निर्णय गरेका थिए । टाईब्रेकरमा पिसप्वाईन्टले अर्किड पिपल्स एकेडेमीलाई ७ – ६ ले तथा शुभयोगले एजिएमलाई ४ – २ गोलले पाखा लगाएका हुन् ।

यस्तै पायनियर पब्लिक स्कुलले करण राईको ४ र कैलाश कार्कीको २ गोल मद्धतले साम्भवी स्कुललाई ६ – ० गोलको अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । प्राक्सिस र एभरेष्ट स्कुलविच भएको प्रतिस्पर्धामा प्राक्टिसले बाजी मार्यो । प्राक्टिसले एभरेष्टलाई ७ – ० बिशाल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित