तनहुँमा सवारी दुर्घटना १ जना मृत्यु, कास्कीमा रुखबाट लडी मृत्यु – Samacharpati
Samacharpati
आइतवार, माघ ४, २०७७
  • होमपेज
  • तनहुँमा सवारी दुर्घटना १ जना मृत्यु, कास्कीमा रुखबाट लडी मृत्यु

तनहुँमा सवारी दुर्घटना १ जना मृत्यु, कास्कीमा रुखबाट लडी मृत्यु

तनहुँमा सवारी दुर्घटना १ जना मृत्यु, कास्कीमा रुखबाट लडी मृत्यु

तनहुँ, ६ असार । मिति २०७६/०३/०६ गते म्याग्दे गाँउपालिका -५ मा सोही ठाउँ बस्ने वर्ष ५९ को बल बहादुर बि.क.लाई खैरेनिटारबाट भिमाद तर्फ जाँदै गरेको ग १ क ४३२३ नम्बरको टिप्परले ठक्कर दिँदा घाइते भई उपचारको लागि जि.पि.कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भईरहेको छ ।

ती २०७६/०३/०६ गते पोखरा महानगरपालिका-२१ कृष्ती बस्ने वर्ष ५२ को शिव प्रसाद सुवेदी घर नजिकै घाँस काट्न गएकोमा रुखबाट खसि घाईते भई उपचारको लागी मेट्रोसिटि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु एको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका