पोखरा, ६ असार । पोखरा महानगरपालिका वडा नम्बर- १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा भेटीएको छ । हेर्दा एक- दुई दिनको जस्तो देखिने शिशु मृत अबस्थामा काहुँखोलामा बिहिबार साझँ भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केसीले बताएका छन ।
स्थानियले खोलामा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए खबर पाहे लगतै प्रहरी टोलीले खोलाबाट मृत शिशुलाई निकालेका हुन् ।
अहिले अबैध सम्बन्ध राखने र बच्चाहरु फाल्ने क्रम बढिरहेको हुदा नवजात शिशुलाई शिशुकी आमाले जन्मदिने बितिकै खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।