हेमजामा लागु औषध सम्बन्धि कार्यक्रम – Samacharpati Samacharpati हेमजामा लागु औषध सम्बन्धि कार्यक्रम – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • हेमजामा लागु औषध सम्बन्धि कार्यक्रम

हेमजामा लागु औषध सम्बन्धि कार्यक्रम

हेमजामा लागु औषध सम्बन्धि कार्यक्रम

हेमजा, ५ असार । सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्थित ज्ञानसरोबर एकेडेमीमा लागु औषध सम्बन्धि सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा बिद्यालयका प्र.अ शंकरमणी त्रिपाठीले आफनो बिद्यार्थीलाई सहजिकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै मानिसमा चेतना हुनुपर्ने बताए ।

त्यस्तै मानिसमा चेतना हुनुमा यस्ता कार्यक्रमले सहज हुने बताए । सोहि अबसरमा चेतना भएको कारण अमेरीकाका मानिसलाई हतियार लिन पाउने अधिकार भएता पनि अपराध नभएको उल्लेख गरे । कार्यक्रममा प्रशिक्षक एव. वडा प्रहरी कार्यालय बगरका प्रहरी सहायक निरिक्षक सौजन पौडेलले कार्यक्रमको औचित्व माथि प्रकाश पारेका थिए ।

अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी बिरुद्ध दिवसको अबसरमा एक हप्ते अभियान अन्तर्गत बिहिबार ज्ञानसरोबरमा सचेतना कार्यक्रम गरेको सामुदायीक प्रहरी सेवा एवं सामुदायीक सेवा केन्द्र हेमजाकी अध्यक्ष बिष्णुकुमारी बाँस्तोलाले बताइन । कार्यक्रममा बिद्यालयका कक्षा ८,९ र १० मा अध्यानरत ५० बिद्यार्थीको सहभागिता थियो । सेवा केन्दकी अध्यक्ष बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सदस्य दयाराम बाँस्तोलाले र सञ्चालन सहसचिब सृजना सापकोटाले गरिन ।

गोबिन्द तिमिल्सिना

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका