वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन अध्यक्ष ढकाल – Samacharpati Samacharpati वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन अध्यक्ष ढकाल – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन अध्यक्ष ढकाल

वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन अध्यक्ष ढकाल

वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन अध्यक्ष ढकाल

काभ्रे, ५ असार । नेपाल परिवार दलले राष्ट्रियजागरणअभियानप्रदेश ३ को काभ्रेको बनेपाबाट शुरु भएको छ । बुधबार राष्ट्र जागरण तथा पाटील प्रबेस कार्यक्रममा नेपाल परिवार दलकाअध्यक्ष एकनाथ ढकालले अभियानको आरम्भ गरेको हो । दलका अध्यक्ष एवम् पूर्वमन्त्री ढकालले शान्ति र बिकासको लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरणअभियान संचालन गरेको बताए ।

पूर्वमन्त्री समेत रहेका ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यन्वयन,असल संस्कार, शुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्यमान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने उल्लेख गरे । ढकालले बिकास र समृद्धिबिनाको लोकतन्त्रको कुनै अर्थ छैन भन्दै सार्बजनिक सोंच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुने भन्दै बाताबरणको संरक्षण र साधन श्रोतको सहि परिचालनमा सरकारको प्राथमिकता हुनु पर्नेमा जोड दिए । अध्यक्ष ढकालले गिटी, बालुवा, सिमेन्ट, रड को रुपमा छरियर रहेका शक्तिहरुलाई एकताबद्ध बनाएर राष्ट्र निर्माणमा सहभागी बनाउनु पर्ने बताउदै अहिले वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भई नसकेको बताए ।

ढकालले संबिधान सभाद्वारा जारि संबिधानको कार्यान्वयनवाट नै समुन्नत नेपाल निर्माण सम्भब रहेको पनि जिकिर गरे । अभियानको नारा ‘नेपाल परिवार दलको राष्ट्र जागरण अभियान शान्ति र बिकासको लागि सकारात्मक बाताबरण’ रहेको छ । यहिमाघ देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगडीवाट सुरु गरिएको बताए । ढकाल यो अभियान देशका सबै प्रदेशहरु तथा विभिन्न स्थानीय तहमा समेत आयोजना गरिने बताए । देशमाअस्थिरताको बिजारोपण गर्नेहरु प्रति समयमानै सचेत हुन सरकारलाइ आग्रह गदै परिवार दलले देशका आदिबासी तथा जनजाति, मधेशी, मुश्लिम, थारु, दलित, ओबिसि, खस आर्य, दशनामी लगायत सबै नेपाली जाति, भाषा, धर्म र संस्कृतिका नागरिक हरुसंग छलफल तथाअन्तरक्रिया गरि सबैलाई आ—आफ्नो जिम्बेवारी बहन गर्न र जुटेर राष्ट्रको सेवा गर्न आवहान गरे ।

अध्यक्ष ढकालले केपीओली नेतृत्वको सरकारका सकारात्मक कामको परिणाम देखिन शुरु गरेको बताउँदै सरकारका गलत कामको खबरदारी भन्ने गरिरहने बताए । परिवार  दलका प्रवत्ता सन्तोष कुमार पौडेलले राष्ट्र जागरण अभियानमा कसैको बिरोधमान भई राष्ट्र, राष्ट्रियता र सम्पूर्ण नेपालीको हितको लागि संचालन गरिएको बताउँदै यो अभियानलाई सफल राजनैतिक दलहरु, विभिन्न संघ र संस्था, सुरक्षा निकाय, निजि क्षेत्र, नागरिक समाज तथा संचार क्षेत्रको आबस्यक सहयोगको साथै आम नागरिकको सक्रिय सहभागिताको लागि आवहान गरे ।
परिवार दल काभ्रेका अध्यक्ष लेखनाथ सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा दलका प्रदेश ३ अध्यक्ष एवम केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठ, पार्टी सचिव गोबिन्दनाथ मिश्र, केन्द्रीय सदस्य प्रकाश बाबु थापा काशिनाथ खनाल लगायतको उपस्थती रहेको थियो । सो अवसरमाअध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गरेका तीन दर्जन भन्दा बढी लाई पार्टी सदस्यता बितरण गदै पार्टी प्रबेस गराएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका