फेदीखोला गाउँपालिकाको नमुना कृषिगाउँ अभियान खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गरिने – Samacharpati Samacharpati फेदीखोला गाउँपालिकाको नमुना कृषिगाउँ अभियान खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गरिने – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • फेदीखोला गाउँपालिकाको नमुना कृषिगाउँ अभियान खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गरिने

फेदीखोला गाउँपालिकाको नमुना कृषिगाउँ अभियान खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गरिने

फेदीखोला गाउँपालिकाको नमुना कृषिगाउँ अभियान खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गरिने

‘डोकोमाहोइन, ट्रकमा व्यापार गर्ने लक्ष्य राखौं’

फेदीखोला, ५ असार । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्ने अभियान लिएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले वडा नं. २ खहरेलाई नमुना कागती गाउँको रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाको युवा उद्यम कार्यक्रममा छानिएको जनजागृत युवा समुहले उक्त गाउँमा १२०० बढि कागती उत्पादन गर्ने लक्ष्य राखेको छ । स्थानीय बजार देखि देशैभर कागतीको माग बढ्दै गएको हुँदाआफूहरुले व्यवसायिक कागती खेती सुरु गरिएको युवा समुहकीअध्यक्ष पार्वत अधिकारीले जानकारी दिइन् ।

२ बर्षभित्र आफूहरुले यस क्षेत्रलाई कागती पकेट क्षेत्र बनाउने उद्देश्य रहेको बताउँदै अध्यक्षअधिकारीले गाउँपालिकाको सहयोगले झन हौसला प्रदान गरिएको थियो । गाउँपालिकाको युवा उद्यम कार्यक्रमअन्र्तगत यस समुहले उद्यमका लागि बिना व्याज ५ लाख रुपैया ऋण पाएको छ । समुहकाअनुसारमा गाउँपालिका भित्र मात्र दैनिक १० केजी बढिको माग रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले अन्य स्थानीय निकाय भन्दा फेदीखोला गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको गतिविधी उल्लेखनिय रहेको बताइन् । फेदीखोलाले जसरी नै अन्य गाउँपालिकाले कृषकलाई समेट्न र कृषिको आधुनिकिकरणका लागि नयाँ नयाँ परियोजना लागु गर्न पर्ने बताए ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाका कृषकहरुले निर्वाहमुखी उत्पादनलाई बदल्दै व्यवसायिक बनेकोमा खुसी व्यक्त गर्दै कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । ‘आँफैलाई मात्रपुग्ने र बचेखुसेको उत्पादन मात्र बिक्री गर्ने मानसिकता परिवर्तन गर्नुहोस् ।’ कृषकलाई प्रोत्साहन गर्दै अध्यक्ष सुवेदीको भनाई थियो, ‘मेहनत गर्नुस, उत्पादन बढाउनुहोस्  ताकि तपाईको उत्पादनको बजारिकरण गर्न मालबहाक ट्रकको व्यवस्था गर्नुपरोस ।’ कृषकका उत्पादनलाई बजारिकरण गर्न बजार र कृषकको करिडोर निर्मााणार्थ गाउँपालिकाको बिशेष सहभागिता रहने आश्वासन अध्यक्ष सुवेदीले दिएका थिए।

गाउँपालिकाले यसअघि नै सुन जातको ५ हजार कागतीको बेर्ना र ३ हजार ५ सय कफीको बेर्ना वितरण गरिसकेको छ । कृषिलाई गाउँपालिकामा सबल बनाउने उद्देश्यअनुसार गाउँपालिकाले वडा नं. ४ अन्र्तगतको आरुखर्क गल्यामलाई नमुना असारे आलु खेतीको रुपमा विकास गरेको छ भने खहरे र भाटखोलालाई नमुना कफि गाउँको रुपमा विकास गर्ने अभियानमा रहेको छ, त्यसैगरि भाटखोलालाई माछापालन र फेदीखोला–२ तल्लो कुडुलेलाई बेमौसमी तरकारी खेतिको रुपमा अगाडि बढाइएको छ ।

कृषि समुहकीअध्यक्ष पार्वती : विज्ञान संकायकि जेहेन्दार १८ बर्षिय छात्रा
अहिलेको आधुनिक पुस्ता जो देशमा कुनै रोजगारकाअवसर देख्दैनन् र बाहिरी देशलाई आफ्नो गन्तव्यको रुपमा योजना बुनिसकेका हुन्छन्, त्यसमा पनिअब्बल विषयका विद्यार्थीहरु जसले देशभित्र कुनै करियर नै देख्न सक्दैनन्, त्यसकी अपवाद हुन् जनजागृत युवा समुहकीअध्यक्ष पार्वतीअधिकारी, जसले आफ्नो गाउँलाई कागतीको पकेट क्षेत्रको रुपमा विकास बस्ने उद्देश्यका साथ अगाडि बढेकी छिन् । कृषि क्षेत्र भन्ने बित्तिकै हिच्किचाउने युवा पुस्ताको उदाहरण बनेकी छन् अधिकारी । पोखराको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान संकायमाअध्यययनरत अधिकारी भन्छिन्,‘परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर नेपालको कृषि प्रणालीलाई रुपान्तरण गर्ने उद्देश्य छ ।’

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका