हेमजामा कृषि सम्बन्धिअन्तर्किया – Samacharpati Samacharpati हेमजामा कृषि सम्बन्धिअन्तर्किया – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • हेमजामा कृषि सम्बन्धिअन्तर्किया

हेमजामा कृषि सम्बन्धिअन्तर्किया

हेमजामा कृषि सम्बन्धिअन्तर्किया

हेमजा, ५ असार । पोखरा महानगरपालिका वडा न २५ हेमजा स्थित बहुउदेसिय किसान सहकारी संस्थाको आयोजनामा बुधबार कृषि प्रविधि तथा रोगको व्यवस्थापन सम्बन्धि अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा नेदरल्याण्डका बीउ विज्ञ अल्फेन्स डि व्लेयर तथा स्थानीय सुस्मिता पौडेलले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन् ।

प्रशिक्षक व्लेयरले ग्रीन हाउसको बाली प्रणाली र बाहिर लगाइने वाली तथा हाइब्रिट बीउ र स्थानीय जातको बीउ बारे जानकारी दिए । उनले हाइब्रिट बीउको लागत तुलनात्मक रुपमा महङगो भएपनि उत्पादन बढी हुने र रोगसँग लड्न सक्ने क्षमता त्यसमा बढी हुने औँल्याएका थिए ।

कार्यक्रममा हेमजाका ५५ कृषकको सहभागिता थियो । सहकारीका अध्यक्ष धर्मराज बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव मोतिराम तिमिल्सिनाले संचालन गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका