निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता – Samacharpati Samacharpati निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता

निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता

निलेन्द्रलाई साटाको अध्यक्षमा निरन्तरता

काठमाडौँ, ५ असार । नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले दक्षिण एशियाली ट्राईयाथलन संघ (साटा) को अध्यक्षमा निरन्तरता पाएका छन् । यस अघि पनि अध्यक्ष रहेको श्रेष्ठलाई दक्षिण कोरियाको ग्योङ्गजुमा भएको दक्षिण एशियाली ट्राईयाथलन संघको साधारण सभाले श्रेष्ठलाई पुनः ४ बर्षका लागि अध्यक्षमा निरन्तरता प्रदान गरेको कोरियाबाट अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।

संघको उपाध्यक्ष्मा मालदिभ्सका माहिद सरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलङकाका साम विक्रमासिंघे रहेका छन् ।

दक्षिण एशियाली ट्राईयाथलन संघको अध्यक्षमा निर्वाचित भए पश्चात श्रेष्ठ स्वत : एशियाली ट्राईयाथलन महासंघको सदस्यमा मनोनित हुनेछन् । एशियन ट्राईयाथलनको साधारण सभामा सहभागिता जनाउन अध्यक्ष श्रेष्ठ र सचिव ललित कुमार लामा हाल दक्षिण कोरियामा रहेका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका