जोडिनुहोस
  • होमपेज
  • प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको बिदाई कार्यक्रम सम्पन्न

कास्की

प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको बिदाई कार्यक्रम सम्पन्न

पोखरा, ४ असार । यस गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट सरुवा भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौं जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरालाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालयको प्राङगणमा भएको उक्त बिदाई कार्यक्रममा प्रहरीको एक टुकुडिले प्रहरी नायव महानिरीक्षक बोहरालाई सम्मान सलामी अर्पण गरेको थियो । संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह लगायत कास्की जिल्ला स्थित कार्यरत अन्य प्रहरी कर्मचारीहरुले प्रहरी नायव महानिरीक्षक बोहरालाई आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक बोहराले प्रहरी सेवा सदैव जनताप्रति लक्षित हुनुपर्ने एक पवित्र सेवा भएको बताउँदै यसबाट कुनैपनि प्रहरी कर्मचारी बिचलित हुन नहुने बताउनु भयो । विगत तेह्र महिनादेखी गण्डकी प्रदेश प्रहरीको कमाण्ड सम्हाल्नु भएका उहाँले प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउनुका साथै प्रहरी कर्मचारीको मनोबल उच्च राखी प्रहरीलाई सधै जनसेवा प्रति प्रेरित गर्ने कार्यमा उहाँ सफल हुनु भएको विश्वास लिईएको छ ।

साथै उहाँको कार्यकालमा प्रदेश अन्तर्गत भएका विभिन्न अपराधिक घटनाहरुमा उहाँले प्रहरीलाई सत्य तथ्य अनुसन्धान गर्न दिनुभएको निर्देशन साथै अनुसन्धात्मक कार्यकुशलताका कारण राष्ट्रिय जन चासोको रुपमा रहेको कास्कीको श्रेया वि।क। हत्या प्रकरण लगायत अन्य अपराधिक घटनामा समेत गण्डकी प्रदेश प्रहरीलाई सफलता मिलेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका