जोडिनुहोस
  • होमपेज
  • भक्तपुरमा टिपर र स्कुटी ठोक्किदा स्कुटी चालक पदम श्रेष्ठको उपचारको क्रममा मृत्यु

देश

भक्तपुरमा टिपर र स्कुटी ठोक्किदा स्कुटी चालक पदम श्रेष्ठको उपचारको क्रममा मृत्यु

भक्तपुर, ४ असार । भक्तपुरको सुर्यविनायक नगरापालिका–९ स्थित नलिनचोकमा टिपर र स्कुटी ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान ११ः५५ बजे जगाती बाट साँगा तर्फ जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरसँग सोही दिशा तर्फ जादै गरेको प्रदेश ३-०२-००३ प १२६६ को स्कुटीले ओभरटेक गर्ने क्रममा ठोक्किएपछि उक्त दुर्घटना हुन पुगेको हो ।

टिपरको चक्कामा ठक्कर खाएका स्कुटी चालक काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल सुर्यबिनायक नगरपालिका–८ सिपाडोल बस्ने ३७ वर्षीय पदम बहादुर श्रेष्ठ उपचारको क्रममा मध्यपुर अस्पतालमा उपचारकै क्रममा १२:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक जिल्ला रामेछाप सुनपाती नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २९ वर्षीय को लोक बहादुर श्रेष्ठ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भईरहेको समेत जनाइएको छ ।

source:sambahak.com

https://sambahak.com/2019/06/18/भक्तपुरमा-टिपरकाे-ठक्करब/?fbclid=IwAR0gdyByTobqigF9_11znAZM8lESumaQcBQC0nMbQzNFG5H8c6YDgKPYdAU

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका