पोखरामा अवैध लागुऔषध ओसारपोसार को क्रम बढ्दो,फेरी फेला परे दुई अपराधी–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • पोखरामा अवैध लागुऔषध ओसारपोसार को क्रम बढ्दो,फेरी फेला परे दुई अपराधी

पोखरामा अवैध लागुऔषध ओसारपोसार को क्रम बढ्दो,फेरी फेला परे दुई अपराधी

पोखरामा अवैध लागुऔषध ओसारपोसार को क्रम बढ्दो,फेरी फेला परे दुई अपराधी

पोखरा, ४ असार । अवैध लागुऔषध ओसारपोसारको गर्ने क्रम बढीरहेको बेला फेरी पोखरा ६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । रुपेशलाई प्रहरीले सेतो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा सात ग्राम व्राउनसुगर सहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले जानकारी दिएको हो ।

त्यस्तै पोखरा–८ वगालेटोलबाट पनि ४९ बर्षीय कुमार गुरुङलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीमाथि शंका लागि खानतलासी गर्दा उनको कालो रंगको झोला बाट अबैध लागु औषध बुप्रिनर्फिन ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल, डाइजापाम ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल र फेनरागन ईन्जेक्सन दुई एमएलको १२३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका