पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २

पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २

पोखरामा होण्डाको आइ डियोड टु इट सिजन २

पोखरा, ४ असार । होण्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी तथा पोखराका लागि आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा आइ डियोड टु इट २०१९ को पोखरा संस्करण सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गको प्राङ्गणमा भएको कार्यक्रम अन्र्तगत स्पिन एण्ड वक गेम सोका लागि विश्वविद्यालयका ४० भन्दा बढि बिद्याथीले भाग लिएका थिए । उक्त गेम सो बाट स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका रोशन घिमिरे प्रथम भए । उनले नगद रु १० हजार प्राप्त गरेका छन ।

प्रत्यक  समुहमा ५ जनाका दरले खेलाइएको स्पिन एण्ड रनका लागि कलेजका कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले गोला प्रथामार्फत बिद्यार्थी छनौट गरेका थिए । यस्तै समुह विजेता सम्पुर्णलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको कुँवर ब्रदर्स एण्ड सन्सका सेल्स म्यानेजर विष्णु प्रसाद दहालले जानकारी दिएका थिए । सहभागी मध्य एक जनाले गोला प्रथाबाट एउटा जुकबक्स पुरस्कार पाएका थिए ।

उक्त अवसरमा कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले पोखरा छोरेपाटनको मानवसेवा आश्रमलाई रु ५० हजार नगद हस्तान्तरण गरेको थियो । उक्त रकम बराबरको चेक पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक डा. रामप्रसाद अर्याल र होण्डाका जापान प्रतिनिधी नाओकीले सयुक्त रुपमा मानवसेवा बृद्धा आश्रमका प्रतिनिधी राजन सापकोटालाई प्रदान गरेका थिए । स्याकार ट्रेडिङ्ग कम्पनी तथा कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा भएको कार्यक्रम अभनी एडभरटाइजिङ्गको संयोजनमा भएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका