गुठी बिधेयक खारेजीको माग राखेर माइतिघर मण्डलामा खबरदारी सभा–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • गुठी बिधेयक खारेजीको माग राखेर माइतिघर मण्डलामा खबरदारी सभा

गुठी बिधेयक खारेजीको माग राखेर माइतिघर मण्डलामा खबरदारी सभा

गुठी बिधेयक खारेजीको माग राखेर माइतिघर मण्डलामा खबरदारी सभा

काठ्माण्डौ, ४ असार । गुठी बिधेयकको विरोधमा काठ्माण्डौको माइतिघर मण्डलामा आज खबरदारी सभा हुदै छ ।

सरकारले गुठि बिधेयक राष्ट्रियसभाबाट फिर्ता लिएपनि सरोकारवालाहरुले आन्दोलन जारी राखेका छन् । उनिहरुले उक्त विधेयक फिर्ता मात्रै भएको र खारेज नभएको बताएका छन् । उनिहरुले उक्त बिधेयक खारेजी नै गर्नुपर्ने बताएका छन् ।

बैशाख १७ गते संघिय संसदमा सरकारले गुठि बिधेयक दर्ता गराएको थियो भने असार ३ गते उक्त विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिएको भुमि सुधारमन्त्री पदमा अर्यालले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले आजको खबरदारी कार्यक्रमको आयोजना गरेको राजाराम तण्डुकारले बताउनुभयो । आफुहरुले शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

आजको कार्यक्रममा २५/३० हजारको संख्यामा उपत्यकाबासीको सहभागिता हुने तण्डुकारले बताउनुभयो ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका