भुटानमा नेपाललाई चार स्वर्ण | Samacharpati        
Home | About Us | Contact | Unicode |

भुटानमा नेपाललाई चार स्वर्ण

काठमाडौँ,  २१ जेठ । भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र दुई कांस्य जितेको वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए ।

महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जितेका छन् ।

यसैगरी महिला ४६ केजी तौल समूहको सिनियर स्पर्धामा सर्मिला खड्काले रजत पदक जितिन् । यस्तै ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जितेका छन् । च्याम्पियनसिपका पदक विजेता सहभागी सबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।

कार्यक्रम

ललितपुरस्थित अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटोमा निर्माण सम्पन्न भएको कराते हल तथा सातदोवाटोमानै सम्पन्न भएको तेक्वान्दो एकेडेमीको माननिय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) द्वारा उल्लेखित उल्लेखित मिति, समय र स्थानमा औपचारिक उद्घाटन हुने कार्यक्रम

मिति : २०७६/०२/२२ गते बुधबार ।

समय : अपरान्ह १२ : ०० बजे ।

स्थान : अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटो ।

मिति : २०७६/०२/२३ गते बिहिबार ।

समय : अपरान्ह १२ : ०० बजे ।

स्थान : सातदोवाटो, ललितपुर ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित