उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा वालिङ सेमिफाइनलमा प्रवेश – Samacharpati Samacharpati उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा वालिङ सेमिफाइनलमा प्रवेश – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा वालिङ सेमिफाइनलमा प्रवेश

उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा वालिङ सेमिफाइनलमा प्रवेश

उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा वालिङ सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २ असार । स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बन्न सफल भयो । समूह ए मा रहेको वालिङले दुई खेलमा जित र एक बराबरीसहित सात अङ्क जोडेको छ भने सोही समूहमा रहेको बाँसगढीको ५ अङ्क । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् ।

लिग कम नकआउटका आधारमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार, सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउनेछन् । (रासस)

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका