प्रशासनीय खोज तालिम सम्पन्न – Samacharpati Samacharpati प्रशासनीय खोज तालिम सम्पन्न – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • प्रशासनीय खोज तालिम सम्पन्न

प्रशासनीय खोज तालिम सम्पन्न

प्रशासनीय खोज तालिम सम्पन्न

पोखरा, २ असार । पोखरा लेडी जेसिज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रमको तेस्रो दिन आइतबार असार १ गते सृजना चोक स्थित गाँउघर क्याफे मा प्रसंशनीय खोज तालिम संचालन गर्दै सफलताका साथ सम्पन्न भएको छ । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी को अध्यक्षता आयोजित उक्त तालिमको समुद्घाटन मा प्रदेश न. ४ का सांसद माननीय मिना गुरुङ ज्यू प्रमुख अतिथि रहनु भएको थियो । पोखरा लेडी जेसिज बर्ष २०१९ का सह—सचिव जेसी अनिता थापा ले संचालन गर्नु भएको उक्त कार्यक्रम मा वडा नं. ८ का कार्यवाहक अध्यक्ष श्री किरण गौतम ज्यू बिशिस्ट अतिथि, वडा नं. ८ कै जनप्रतिधि श्री लक्ष्मी कौशल ज्यू अतिथि लगाएत पोखरा जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सन्तोस शाही ज्यू, पोखरा जेसीजका पुर्व अध्यक्ष एवं सिनेटर श्री नारायण शर्मा ज्यू तथा पोखरा लेडी बर्ष २०१९ का निवर्तमान अध्यक्ष जेसी शन्तू पौडेल ज्यू को उपस्थिती रहेको थियो ।

कार्यक्रममा माननीय मिना गुरुङ ज्यू प्रमुख अतिथिको मन्तब्य राख्नु भएको थियो भने क्रमश कार्यक्रम संयोजक जेसी सुनिता भण्डारी ले स्वागत मन्तब्य, पोखरा जेसिजका अध्यक्ष जेसी सन्तोष शाही ज्यू ले शुभकामना मन्तब्य एवं वडा नंं. ८ का कार्यवाहक अध्यक्ष किरण गौतम ज्यू ले मन्तब्य राख्नु भएको थियो । जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा यसै कार्यक्रमका मूल संयोजक एवं पोखरा लेडी जेसीज बर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभा भुजेलले जानकारी दिनुभयो ।

जेण्डर, बाल विकास, जीवनउपोगी सीप, लिडरसीप लगाएत क्षमता विकास सम्बन्धि बिभिन्न तालिमका कुशल प्रशिक्षक श्री नारायणी कोइराला ज्युले प्रमुख प्रशिक्षको भुमिका निभाउदै सरल, ब्यवहारिक एवं निकै आकर्शक शैलीमा तालिम सहजीकरण गर्नु भएको थियो । पोखरा वडा न. ८ का आमा समुह, टोल सुधार समिति एवं ८ स्थित बिभिन्न संघ सस्ंथालाई लक्षित गरी संचालन गरिएको उक्त तालिममा करिब ७० जना को सक्रिय सहभागीता रहेको थियो ।

तालिमको अन्तमा सहभागीको तर्फबाट आफ्नो मन्तय राख्दै दिपा रेग्मी र जाल्पा देवी महिला उद्धार समुह का सस्ंथापक अध्यक्ष श्री शारदा सुवेदी ज्यू ले महिलाको क्षमता बिकासका लगी तालिम एवं अवसर अतिनै महत्वपुर्ण रहेको बताउनु भयो । यसैगरी वडा नंं. ८ का जनप्रतिनिधि लक्ष्मी कौशल ज्यू ले मन्तब्य राख्नु भएको थियो । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी ज्यू ले सम्ंभब भए सम्म पोखरा लेडी ले समुदाय एवं ब्यक्तित्व विकासका लागी कार्यक्रम संचालन गर्ने बिचार समापन मन्तब्यमा राख्दै कार्यक्रम सम्पन्न भएको जानकारी लेडी जेसिज बर्ष २०१९ का निर्देशक तथा यस साप्ताह कार्यक्रमका सूचना संयोजक जेसी सुनिता भुजेल ले दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका