गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई – Samacharpati Samacharpati गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई

गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई

गण्डकी स्टारको उपाधि कुशुम र निलिमालाई

पोखरा,  २ असार । नन्द ईन्टरटेण्टमेण्टको आयोजनामा पोखरामा आयोजित नृत्य विधाको गण्डकी स्टार सिजन २ शनिबार सम्पन्नभएको छ । जुनियर र सिनियर गरी दुई विधामा आयोजित उक्त प्रतियोगितामा सिनियर तर्फ कुशुम गुरुङ र जुनियर तर्फ निलिमा गुरुङले प्रथम स्थान हासील गरेका छन् । सिनियर तर्फ राजा चौधरी द्वित्तिय, रविनाविक तृतिय र स्यारोन शाही चौथो हुन सफल भएको कार्यक्रम संयोजक देवेन्द्र एस के ले जानकारी दिएका छन् ।

त्यस्तै जुनियर तर्फ जश्मिन गुरुङ, अंकिता क्षेत्री, कुशुम गुरुङ र सुशिला पौडेल क्रमसःद्वित्तिय, तृतिय र चौथो हुन सफल भए । प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक एवं कोरियोग्राफर धर्मेन्द्र पौडेल, जमुना देवकोटा र मनिषा तामाङ रहेका थिए। अडिसन बाटकूल २५ जना सहभागि भएको उक्त प्रतियोगिताको छनौट चरणबाट ९ जना ग्राण्ड फिनालेमा पुगेका थिए ।

सो अवसरमा अलौकिक कवि एवं सञ्चारकर्मी देशभक्त सिंह कुँवरलाई भर्साटाईल उपाधि र सञ्चारकर्मी कञ्चन थापालाई दोशल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । यसअघि प्रतियोगिताको प्रदेश ट्राफिक कार्यालय गण्डकीका एस पी विरेन्द्र बस्यालले उद्घाटन गरेका थिए । नन्द ईन्टरटेन्टमेन्टका सल्लाहकार जीवन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन देवेन्द्र एस के र श्रेया महर्जनले गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका