वडा नं ४ का ९३ जना जेष्ठ नागरिक सम्मानित – Samacharpati Samacharpati वडा नं ४ का ९३ जना जेष्ठ नागरिक सम्मानित – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • वडा नं ४ का ९३ जना जेष्ठ नागरिक सम्मानित

वडा नं ४ का ९३ जना जेष्ठ नागरिक सम्मानित

वडा नं ४ का ९३ जना जेष्ठ नागरिक सम्मानित

पोखरा, २० जेठ । पोखरा महानगरपालिका वडा कार्यालय ४ ले सोमबार वडा नं. ४ का ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडामा जनप्रतिनिधि बहाल भएको दुई वर्षको उपलक्ष्यमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।  पदमा वहाल भएकै दिनबाट नै वडाले पहिलो प्राथमिकता जेष्ठ नागरिकलाई दिने निर्णय गरेकाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको कार्यक्रमका अध्यक्ष शंकर बास्तोलाले बताउनुभयो । सम्मानको लागि जेष्ठ नागरिकहरु सधैँ तत्पर रहेको साथै यो उमेरमा मायाको खाँचो हुने हुदाँ जेष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कांग्रेस ईकाइ ४ का सभापति गोविन्द प्रसाद पराजुलीले जेष्ठ नागरिक र युवा वर्ग बीच विचार फरक पर्ने हुदा युवा वर्गले सोचविचार गरि मित्रवत व्यवहार गर्नुपर्ने बताउनुभयो ।  समाजसेवी जानकी कोइरालाले यस उमेरमा मायाको खाँचो र बाल्यपनको व्यवहार देखिने हुदा झर्को मान्न नहुने बताउनुभयो । जेष्ठ नागरिक दिउसोको समयमा एक्लो हुने हुदा वडा कार्यालयको सहयोगमा फिर्केको पुल नजिकै जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरि भजन कृतन गरि खाजाको व्यवस्थापनमा सहयोग गरेकोमा जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष राजेन्द्र निधि कोइरालाले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

वडा नं ४ का सदस्य पुष्कर बहादुर श्रेष्ठले जेष्ठ नागरिकको सम्मान हुने स्थानमा भगवानको पनि बास हुने बताउनुभयो । कार्यक्रमका संयोजक वडा ४ का सदस्य सरिता पराजुलीले वडाका ९३ जना जेष्ठ नागरिकलाई यस वर्ष सम्मानपत्र र दोसल्ला सहित यातायात खर्च बापत रु १,००० प्रदान गरिएको र कार्यक्रम समापन पछि अकला मन्दिरको दर्शन गराउने बताउनुभयो । कार्यक्रममा करिव ३०० जनाको सहभागितामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य शुवर्ण के.सी ले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका