जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट : हरेक घर खानेपानी पुर्याउन २ अरव बजेट

आर्थिक समाचार

गण्डकी प्रदेशको बजेट : हरेक घर खानेपानी पुर्याउन २ अरव बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको छ ।

यसैबीच सरकारले खानेपानीको क्षेत्रमा २ अर्ब २० करोड बजेट बिनियोजन गरेको छ । सरकारले आधारभुत खानेपानी नपुगेको गाउँबस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारले एक घर एक धारा कार्यक्रमलाई अगाडी बढाउने र निर्माणाधीन खानेपानी आयोजनाहरूलाई सम्पन्न गर्ने जनाएको छ ।

यसका साथै, प्रदेशको समग्र खानेपानीको गुरूयोजना र सबै जिल्लाको जिल्ला प्रोफाइल तयारी गर्ने वताएको छ । सरकारले अहिलेसम्मसम्म पनि नदी, खोला तथा ताल जस्ता परम्परागत पानीका स्रोतबाट सिधै खानेपानी प्रयोग गरिरहेका स्थानहरूको पहिचान गरी त्यस्ता बस्तीहरूमा यसै आर्थिक वर्षमा खानेपानी सुविधा पुर्याउने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका