जोडिनुहोस
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट : सडक पुर्वाधारमा ८ अरव २९ करोड

आर्थिक समाचार

गण्डकी प्रदेशको बजेट : सडक पुर्वाधारमा ८ अरव २९ करोड

पोखरा, १ असार । गण्डकी प्रदेशले आइतबार ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।


यसैबीच बजेटमा सडक पुर्वाधारमा ८ अरव २९ करोड बजेट विनियोजन गरिएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री गुरुङले प्रदेश गौरव आयोजनाको रूपमा रहेका बृहत पोखरा चक्रपथ र पोखरा भिमाद दुम्कीवास द्रुतमार्ग निर्माण आयोजनालाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । साथै, शालिग्राम साँस्कृतिक करिडोरलाई (देवघाट देखि चापाकोट) र (राम्दी देखि रूद्रबेणी) दुई खण्डमा निर्माण कार्य सुरू गर्ने गरी रू ११ करोड विनियोजन गरिएको छ। प्रदेशको राजधानीलाई जिल्ला सदरमुकाम सम्म जोड्ने सडक, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको वडा केन्द्र जोड्ने क्रमागत सडकलाई प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ। यसका साथै, अन्य शहरी तथा ग्रामीण सडकलाई स्तरोन्नति गरिने जनाइएको छ।

सडक निर्माणमा स्थानीय तहसँग समन्वय गर्ने व्यवस्था मिलाएको अर्थमन्त्रीको भनाई छ।चालु आर्थिक वर्षमा निर्माण सुरू गरिएका सडकपुललाई क्रमागत रूपमा निर्माण गर्दै लैजाने र ठूला नदीमा निर्माण गरिने सडकपुलको डिजाइन एण्ड विल्ड अवधारणा अनुसार निर्माण गरिने बजेटमा उल्लेख छ। सरकारले सडक र सडकपुल निर्माण गर्नको लागि रू ८ अरब १८ करोड विनियोजन गरेको छ।

झोलुङ्गे पुल निर्माण गर्न १२ करोड बजेट विनियोजन

सरकारले प्रदेश भित्रका गाउँबस्तीमा सहज आवागमनका लागि दुई वर्षभित्रमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गर्ने नीति लिएको छ। चालु आर्थिक वर्षमा समावेश गरिएका झोलुङ्गे पुलहरू आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी रू १२ करोड ५७ लाख बजेटको व्यवस्था मिलाएको अर्थमन्त्री किरण गुरुङले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका